दैलेखमा बस दुर्घटना

पिपलबाेट संवाददाता


कर्णाली राजमार्गअन्तर्गत दैलेख खण्डमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ। दुर्घटनामा १० जना गम्भीर घाइते भएका छन्‌ भने १ जना सामान्य घाइते भएका छन्। मृत्यु हुनेमा ​कालिकोट शुभकालिका गाउँपालिका–१ का जितेन्द्र बहादुर शाही र कालिकोट नरहरिनाथ गाउँपालिकाका २१ वर्षका कमल विक छन्। शाहीको  घटनास्थलमै मृत्यु भएको हो भने विकको उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  कालिकोटबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०२४७ नम्बरको बस कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबीस नगरपालिका–१ सिहाला खोला भन्ने ठाउँमा दुर्घटना भएको हो।  दैलेख प्रहरीका अनुसार गाडीमा सवार यात्रुको संख्या २१ थियो। गम्भीर घाइते भएकाहरूलाई उद्धार गरी सुर्खेत अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।दैलेख प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार गाडी सडकबाट एक सय मिटर तल खोलामा खसेको थियो।

२७ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech