सहमित भई सक्यो, प्रहरीलाई ढङ्गा हान्नलाई चिन्दैनौं ः मृतक दाई

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा ग्याँस बोकेको ट्रकले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको छ । बुधबार बेलुका ८ बजेको समयमा कोहलपुरको हवल्दारपुरदेखी दैलेखतर्फ जाँदै गरेको भे१ख ११०० नम्बरको ट्रकले ठक्कर दिदा नेपाली काँग्रेस मुगुको सोरु गाउँपालिकाका सभापति जयकर्ण मल्लको ज्यान गएका थियो । ईलाका प्रहरी कार्यालय कोहलपुर र मृतकका परिवार बिच सहमति भईसके पद्धि प्रहरी गेटमा रहेका केहि व्यक्तिहरुले प्रहरी माथि ढुङ्गामुढा प्रहार गरेका थिए । आफुहरु बिच सहमति भईसकेको र प्रहरी माथि ढुङ्गामुढा प्रहार गर्नेहरुलाई मृतक दाई जल बहादुर मल्लले बताएका छन् । ‘सवारी धनि र हामी बिच सहमति भईसकेको छ’ उनले भने ‘बाहिरबाट प्रहरी माथि आक्रमण गर्नेलाई हामीले चिन्दैनौं ।’ नेपाली काँग्रेस मुगु पार्टी सभापति खड्क बहादुर शाहीले मृतकका बालबच्चहरुलाई पढाउने, आवश्यक क्षेतिपूर्ति मृतकको परिवारलाई दिने सहमति भईसके पछि बाहिर विवाद सिर्जना गरिएको बताए । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाएको ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरी नीरिक्षक शुक्र बमले बताएका छन् ।उक्त घटनाको समस्या समधानका लागि नेपाली कांग्रेस कोहलपुर नगर कार्यसमितीका सभापती बलराम शर्मा, तरुण दल कोहलपुरका नगर सभापति हरिशिह कठाय र तरुण दल मुगुका जिल्ला उपाध्यक्ष   देबेन्द्र रावलले सहजिकरण गरेका थिए ।

२७ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech