‘कोहलपुरमा एकवर्ष भित्र मृगौला प्रत्यारोपण सेवा सञ्चालनमा आउँदै’

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले आगामि एक वर्षभित्र मिर्गौला प्रत्यारोण सेवा सञ्चालनमा ल्याउन लागिएको छ । ‘मिर्गाैला रोग लागे पनि राम्ररी जीउँ’ भन्ने नाराका विश्व मृगौला दिवसको अवसरमा कोहलपुरमा आयोजित कार्यक्रममा बोल्दै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका प्रबन्धक निर्देशक डा. सुरेश कुमार कनौडियाले एक वर्षभित्र अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुचारु गर्ने लक्ष्यका साथ काम अगाडि बढाईने बताउँदै पश्चिम नेपालकै पहिलो मृगौला प्रत्यारोपण सेवा दिन अस्पताल लागिरहेको जानकारी दिएका छन् । नेपालगञ्ज मडिकल कलेजमा हाल दैनिक ३० देखि ४० जनासम्म मृगौला डायलेसिस गरिरहेको बताउँदै श्रोत र साधानको कमिले समयमै मृगौला पिडितहरुको उपचार गर्न नसकिएको बताएका छन् । साथै उनले अस्पतालले कोरोना भाईरसको महामारीका बिचमा पनि आफ्ना सेवाहरुलाई सञ्चालनमा ल्याएको स्मरण गर्दै दुई २३ जना चिकित्सक, कर्मचारीहरु कोरोना संक्रिमत भएको बताएका छन् । नेपालमा मिर्गौला रोगका बिरामीहरू दिनहँु बढिरह र उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीले गर्दा मानिसको मिर्गौलाले काम नगर्ने भएको, स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था जटिल बनिसकेपछि मात्र मानिसहरू स्वास्थ्य संस्थामा जाने गर्नाले समस्या उत्पन्न भएको उनले बताएका छन् । डा. कनौडियाले वर्षमा एक पटक पिसाबको परीक्षण गरे मात्र पनि मिर्गौैला रोगबारे थाहा हुने भन्दै सबैलाई वर्षमा एक पटक पिसाबको क्रिटिनाइन परीक्षण गर्न सुझाव दिएका छन् । उक्त कार्यक्रममा बोल्दै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको डायलेसिस विभाग प्रमुख डा. शिशिर कुमार रेग्मीले मानिसले आफ्नो स्वास्थ्य माथि खेलवाड गरेकै कारण मृगौला पीडित हुनुपरेको बताउँदै स्वस्थ रहन सबैलाई आग्रह गरेका छन् । साथै उनले अस्पतालले बुटवलदेखि यता पश्चिम नेपालमा मृगौलाको डायलेसिस गर्ने अस्पताल पहिलो नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर भएको बताउँदै मेशिनहरुको अभावले बिरामीहरुको माग अनुसार सेवा दिन नसकिएको बताएका छन् । साथै उनले अस्पतालमा नेपालका आधा भू–भाग र भारतबाट मृगौला पीडितहरु उपचार गर्न कोहलपुर आईरहेको जानकारी दिँदै एक वर्षभित्र अस्पतालले मृगौला प्रत्यारोपण सेवा संचालन गर्न लागेको जानकारी दिएका छन् । कार्यक्रममा विगत एक वर्षदेखि मृगौला सम्बन्धी उपचार गरिरहेका बिरामी विरेन्द्र कुमार गुप्ताले अस्पतालले कोरोना भाईरसको महामारीमा पनि मृगौला डायलेसिस सेवा उपलब्ध गराउँदा धेरै बिरामीहरुको ज्यान बचेको भन्दै आधुनिक प्रविधिको विकास गरी मृगौलासँग सम्बन्धित बिरामीहरुलाई अन्य ठाउँमा उपचारका लागि जानुपर्ने बाध्यता हटाउन अस्पताल प्रशासनलाई आग्रह गरेका छन् । साथै उनले बिमाबाट पाउनुपर्ने सेवा सुविधा र औषधिहरुको व्यवस्थापना अस्पतालले सहज बनाईदिनुपर्ने बताएका छन् । कार्यक्रममा नेपालजञ्ज मेडिकल कलेज कोहलपुरका वरिष्ठ फिजिसियन एवं ऐसिस्टेन्ट प्रोफेसर डा. श्याम बि.क., डायलेसिस विभागका डा. देबेन्द्र आचार्य लगायत मृगौलाका बिरामीहरुको सहभागिता रहेको थियो । साथै डा. आचार्यले विश्वका १० प्रतिशत मानिसमा मृगौला सम्बन्धी समस्याहरु रहेको जानकारी दिँदै समयमै सबै नागरिकले मृगौलालाई स्वस्थ बनाउनुपर्ने बताएका छन् । सो अवसरमा नेपालजञ्ज मेडिकल कलेज कोहलपुरका निर्देशक डा. सुरेश कनौडियाले मृगौलाका बिराहीरालई केक, लडु, सेनिटाईजर र मास्क वितरण गरेका थिए ।

२९ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech