वडा नं १३ को कार्यसमिति गठन तथा सक्रिय सदस्ता वितरण कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


राप्रपा निकट कोहलपुर नगरपालिका महिला संगठनले वडा नं १३ को वडा कार्यसमिति गठन तथा सक्रिय सदस्यता वितरण कार्यक्रम आज सम्पन्न गरेको छ । छुपु कुमारी डांगीको अध्यक्षतामा २७ सदस्यीय वडा कार्यसमिति चयन गरेको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै काङ्ग्रेस, कम्युनिष्ट असफल साबित भएका छन् , अब मुलुकलाई सहि दिशामा लैजानको निमित्त राप्रपालाई बलियो शक्तिको रुपमा स्थापित गर्नुपर्ने आवश्यकता रहेको भन्दै आगामि पार्टीको महाधिवेशनलाई भब्य र सभ्य बनाउने अभियानमा अघि बढ्न राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि हिक्मत ढकालले बताएका छन् ।

कार्यक्रममा राप्रपा जिल्ला कोषाध्यक्ष तथा क्षेत्र नं १ का संयोजक यमबहादुर रावत, राप्रपा बांकेका जिल्ला सदस्य लालबहादुर वलि, जिल्ला सदस्य अर्जुन जंग शाह लगायतले आ(आफ्नो मन्तब्य व्यक्त गरेका कुरा राप्रपा पार्टी प्रवक्ता श्रीधर सुवेदीले जनाएका छन् ।

कार्यक्रम महिला संगठन नगर अध्यक्ष एवं केन्द्रीय सदस्य लक्ष्मी हमालको सभापतित्वमा सम्पन्न भएको हो

२९ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech