राँझा चोक नजिक स्कुलका बिद्यार्थीलाई चक्कु प्रहार

पिपलबाेट संवाददाता


राँझा चोक नजिक शनिबार बिहान परिक्षा दिन स्कुल जादै गरेको विद्यार्थीलाई एक अन्जान व्यक्तिले चक्कु प्रहार गरेको छ ।

राँझा पतेदारपुर् निवासी मानिस बर्मालाई शनिबार बिहान परिक्षा दिन जान लागेको क्रममा राँझा नजिक एक अन्जान व्यक्तिले धम्क्याएर घाटीमा चक्कु राखी मोबाइल लुटेर चक्कु प्रहार गरेको हो ।  स्प्रिङ डेल एकेडेमीमा अध्यनरत बर्मालाई चक्कु प्रहार गर्दा हातको भित्रि  मासु काटिएको छ ।  चक्कु प्रहार गर्ने व्यक्तिले मुख छोपेको कारण चिन्न नसकेको तर मधेसी समुदायको व्यक्ति रहेको  बर्माले बताएका छन्।

“उसले चक्कु प्रहार गर्दा भित्रि मासु काटिएको छ । अर्को पटक प्रहार गर्दा आफुले छेकेर भागेर उसलाई लखेटदा ऊ कार्बलातिर भाग्यो  त्यसपछि एक जना दाईसित पुलिसलाई खबर गरि लगेर खोज्दा भेटिएन “,  बर्माले भने ।

राँझामा यो भन्दा अघि यस्तै घटना घटेको तर पुलिस प्रशासन भने अनुसन्धान नगरी मौन बसेको बर्मा बताउछन् ।

२९ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech