बाँकेको कोहलपुर उद्योग वाणिज्य संघ ९ औं अधिवेशनबाट निर्वाचित कार्य समितिका पदाधिकारी र सदस्यहरुले पद तथा सपथ लिएका छन् । कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनबाट निर्वाचित भएका अध्यक्ष लक्ष्मणराज पौडेल, वरिष्ठ उपाध्यक्ष प्रदिप भट्टराई, उद्योग तर्फको उपाध्यक्ष चण्डी प्रसाद गैरे, वाणिज्य तर्फको उपाध्यक्ष संगिता सुवेदी, महासचिव मात्रिका सापकोटा, उप–महासचिव दिपक बहादुर भण्डारी, कोषाध्यक्ष सिता कार्की, सह–कोषाध्यक्ष भुपेन्द्र प्रसाद काफ्ले, महिला सदस्य पवित्रा ढकाल, शर्मिला मल्ल तथा सदस्यहरु राकेश विष्ट, भूमिराज कँडेल, तेज बहादुर अधिकारी, हुम बहादुर रावत, यज्ञ प्रसाद सुवेदी, दिपक वली, यादवराज बस्याल, नविन कुमार शाही, कल्याण केसी, अर्जुन प्रसाद सुवेदी, वस्तुगत सदस्यमा टंक बस्याल र एशोसियट सदस्यमा दिप नारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् ।
कोहलपुर उद्योग वाणिज्य संघको नव निर्वाचित कार्य समितिलाई प्रमाण–पत्र वितरण, सपथ ग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रममा बाल्दै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्योग व्यवसायीहरुले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने भन्दै समृद्ध नेपाल निर्माणमा सहभागि हुनुपर्ने र उद्यमशिलताको विकास, रोजगारीको सिर्जना गर्ने काम उद्योगि व्यवसायीहरुको भएको बताएका छन् । साथै उनले व्यवसायीहरु बिच राजनैतिक कित्ताकाट भएपनि एकिकृत सोचका साथ अगाढि बढे समृद्धि सम्भव हुने बताएका छन् । अध्यक्ष शर्माले व्यापारीहरुको समस्या धेरै रहेको भन्दै राज्यले व्यवसायीहरुका मागलाई सम्बोधन गर्नुपर्ने माग समेत गरेका छन् । कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले नीजि क्षेत्रको अग्रणि संस्था उद्योग वाणज्य संघ नै भएको बताउँदै स्वतन्त्र निकायका रुपमा वाणिज्य संघलाई आत्मासाथ गर्न सुझाव समेत दिएका छन् । साथै उनले आफ्नो कार्यसमितिले सुरुवात गरेका कतिपय योजनाहरुलाई नवनिर्वाचित कार्य समितिले पुरा गर्नुपर्ने जिम्मेवारी आएको बताउँदै आफ्नो साथ र सहयोग संधै नवनिर्वाचित कार्य समितिले हुने बताएका छन् । निवर्तमान अध्यक्ष अधिकारीले कोहलपुर उद्योग वाणिज्य संघको भवन निर्माण गर्नुपर्ने, कृषि हाट बजार निर्माण गर्नुपर्ने र नौवस्ता औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक पहल गर्नुपर्ने जिम्मेवारी नवनिर्वाचित कार्य समितिलाई आएको बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष लक्ष्मणराज पौडेलले निर्वाचनका बेला गरिएको प्रतिवद्धताहरु पुरा गर्ने प्रतिवद्धता जनाउँदै निर्वाचन प्रक्रियामा भाग लिएर आफ्नो टिमलाई बिजय गराएकोमा सबैलाई धन्यवाद व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका सदस्य नरेन्द्र प्रसाद शर्माले नवनिर्वाचित कार्य समितिले सबैलाई मिलाएर लिई कोहलपुरको विकास र समृद्धिका लागि पहल गर्न सुझाव दिएका छन् । कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला सदस्य बलराम भट्टराई र नेपाली काँग्रेस कोहलपुरका नगर सभापति बलराम शर्माले नीजि क्षेत्रसँग सहकार्य गरी कोहलपुरको समृद्धि र विकासका लागि आफ्नो पार्टीले सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका निवर्तमान कार्य समितिका पदाधिकारी, संघको निर्वाचन सम्पन्न गराउनका लागि महत्वपूर्ण भूमिका खेलेका व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने कार्यक्रमको सहजिकरण निवर्तमान महासचिव तेज प्रसाद अधिकारीले गरेका थिए । कार्यक्रममा कोहलपुर क्षेत्रको उद्योगि व्यवसायीहरुको सहभागिता रहेको थियो ।
संघको पहिलो बैठकबाट विभिन्न निर्णय
कोहलपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पहिलो बैठकबाट विभिन्न निर्णय सर्वसम्मत रुपमा पारित गरिएको छ । संघका अध्यक्ष लक्ष्मणराज पौडेलको अध्यक्षतामा बसेको बैठकले फागुन २२ गतेको निर्वाचनमा सक्रिय सहभागिता जनाउने उद्योगि, व्यवसायी, राजनीतिक दल, समाजसेवि, बुद्धिजीवि, शिक्षाप्रेमी, पत्रकार लगायत आम सर्वसाधारण जनतालाई धन्यवाद व्यक्त गरिएको महासचिव मात्रिका सापकोटाले बताएका छन् । साथै सो बैठकले कृषि हाट बजार निर्माण तथा व्यवस्थापनको कार्य केकति कारणले रोकिएको हो भनि सोको छानविनका लागि चण्डी प्रसाद गैरेको संयोजकत्वमा उपसमिति गठन गरिएको छ भने सदस्यहरुमा दिपक बहादुर भण्डारी, भुपेन्द्र काफ्ले, शर्मिला शर्मा र राकेश विष्ट रहेका छन् । त्यस्तै घरभाडाका सम्बन्धमा कोहलपुर क्षेत्रका व्यवसायी घरधनि बिचको घरभाडा सम्बन्धि १५ दिन भित्र सुझाव पेश गर्नका लागि संगिता सुवेदीको संयोजकत्वमा नविक कुमार शाही, प्रवित्रा ढकाल, यादव राज बस्याल र अर्जुन सुवेदी सदस्य रहेका छन् । संघको वार्षिक क्यालेण्डर प्रकाशनका लागि प्रदिप भट्टराईको संयोजत्वमा मात्रिका सापकोटा र यज्ञ प्रसाद सुवेदी सदस्य रहेका छन् । साथै संघको पहिलो बैठकले विशिष्ठ सदस्यमा हरिशरण केसीलाई मनोनित गरिएको महासचिव सापकोटाले बताएका छन् ।