बाख्रा चोरीमा संलग्न गिरोह पक्राउ

पिपलबाेट संवाददाता


आइतबार राती बढैयाताल गाउपालिका वडा नं.०३ स्थित दिपक सुनारको गोठबाट २ जिउ खसी र बाख्रा चोरी गर्ने गिरोह लाई प्रक्राउ गरिएको छ । भे.१ ह ४४४३ नम्बर को अटो रिक्सामा उक्त गिरोहले कोहलपुर नगरपलिका वडा नं.१२ चप्परगौडी ल्याएको थियो । खजुरा गाउपालिका वडा नं.०६ का २२ को हर्ष बहादुर पोख्रेल र बर्दिया बाँसगढी नगरपालिका वडा नं.०६ का १९ वर्षक प्रदिप सुनारलाई बाख्रा चोरीमा संलग्न आरोपमा प्रहरी टोलीले फेला पारेको थियो । २ जिउ खसी बाख्रा र भे.१ ह ४४४३ नम्बर को अटो रिक्सा बरामद तथा चोरी गर्ने कार्यमा संलग्न हर्ष बहादुर पोख्रेल र प्रदिप सुनारलाई पक्राउ गरी आबश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दिया पठाईएको छ ।

३ चैत्र २०७७ मा प्रकाशित
Nabintech