कोहलपुर उद्योग वाणिज्य संघको आर्थिक हिसाबको चुरो बुझिएनन्

एस.एम.वि. बाँके


भर्खरै मात्र कोहलपुर उद्योग वाणिज्य संघको ९ औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट नयाँ नेतृत्व संघले पाएको छ । कोहलपुर उद्योग वाणिज्य संघको स्थापना कालदेखी थुप्रै अनुहारहरु फेरिसकेका छन् । कार्यकाल समाप्त भइसकेका संघका पदाधिकारीहरुले कति काम गर्न सके यी सबै उद्योगी व्यवसायीहरुले भित्रि आत्मादेखी मनन् गरिसकेका छन् । संघको निर्वाचनको समयमा कोहलपुर क्षेत्र निकै उत्साह देखियो दुबै प्यानलका उम्मेदारहरु मत आफ्नो पोल्टामा ल्याउनका लागि निकै कसरत गरे । प्रर्चा पोष्टरदेखी,पानीका बोतल सम्म आफ्ना प्रचारका सामग्रीहरु टाँसिएका भेटिन्थे । संघको निर्वाचनका लागि तोकिएको ठाँउ महोत्सव जस्तै देखिन्थो । मतदान स्थलमा देखिएका प्रचा ,पोष्टहरु निकै खर्चिला देखिन्थे । सायद लाखौँ खर्च उम्मेदारहरुले गर्न भ्याए । मतदानमा समावेश भएका कतिपय मतदाताहरु आफ्नो स्वतन्त्र विवेक प्रयोग गरेर मतदान गर्ने अवस्था थिएन्न । दुबै पक्षका शुभचिन्तकहरुले प्रचारप्रसारलाई तिव्रता दिएका थिए । कहिल्यै अनुहार नदेखाएका मानिसहरु पनी मतदान स्थलमा भेटिन्थे । मेला जस्तै देखिन्थ्यो फागुन २२ गते । उद्योग वाणिज्य संघमा प्रवेश गरेका पुराना अनुहार र केही नयाँ अनुहारले आगामी ३ वर्षमा के कति काम हरु गर्न सक्छन् ? उद्योगी व्यवसायीहरुको साझा समस्यालाई कति समधान गर्न सक्छन् ? कोहलपुर क्षेत्रमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयहरु संग सम्वन्य के कति सम्म गरेर कोहलपुर उद्योग वाणिज्य संघको छविलाई राम्रो बनाउन सक्लान त्यो भने आम उद्योगी व्यवसायीहरुले हेर्न बाँकी नै रहेको छ । कोहलपुर उद्योग वाणिज्य संगको आर्थिक हिसाब किताब कति पारदर्शिता बनाउन सक्छन् भन्ने विषयमा आम उद्योगी व्यवसायीहरुले ३ वर्षपछि मात्र प्रश्न गर्नेछन् । चुनावी मैदानमा होमिदै गर्दा विभिन्न प्यानलले घोषणा गरेका प्रतिवद्धताहरु कति कायम हुन्छन् ।

यी घोषणा पत्रहरु ३ वर्षका लागि सुरक्षित रहनेछन् । संघको ३ वर्षे कार्यकालको आर्थिक हिसाबकिताब ९ औँ महाधिवेशनमा आइपुग्दा समेत आम उद्योगी व्यवसायीहरुको बीचमा छलङ्ग पार्न नसक्नु संघका अध्यक्ष देखी सदस्य पदका पदाधिकारीहरुको कमजोरी देखिन आउँछ । ९ औँ अधिवेशनमा पनि कोहलपुर उद्योग वाणिज्य संघमा लाखौँ रकम जम्मा भएको छ तर त्यसको हिसाब किताब पनि कार्यसमितीका पदाधिकारीहरु र कर्मचारीहरुले बाहिर ल्याउन चाहेनन् । जबकी थाहा हुन्छ त्यहाँ कुनै गडबडी रहेको छ । आर्थिक विषयमा तैचुप मैचुप जस्तै देखिएको छ । आइतबार कोहलपुर उद्योग वाणिज्य संघका पूर्व पदाधिकारीहरुले नयाँ कार्यसमितीलाई बजबुजारत गरेका थिए । ३ वर्षको कार्यकालमा भएको हिसाबकिताब के कति पादर्शिकता छ छैन् नयाँ कार्यसमिती अन्यौलमै देखिएका छन् । संघको निर्वाचनको समयमा भोटका लागि मतदाताको पाउ ढोक्ने प्यानलका पदाधिकारीहरुले कोहलपुरकै सबैभन्दा ठूलो होटल म्याक्समा खर्चिलो तरिकाले पद तथा गोपनियताको सपथ खुवाइयो । गोपनियताको सपथ कार्यक्रममा संघको हिसाब किताब पारदर्शिता नभएको विषयमा दोहोरिनै चलेको थियो । अहिले पनी होटल व्यवसायी संघ लगायत अन्य व्यक्तिहरुलाई समेत आर्थिक हिसाब नपाएको गुनासो छ । संघले तिर्नुपने रकमको लिष्ट लामै छ भन्ने सुनिएको छ । काम गर्ने कर्मचारीहरुले तलब भत्ता नपाएको गुनासो पनी सुनियो । संघमा जम्मा भएको राजश्व बैँकमा छ वा कसैको गोजीमा छ यो विषयमा भने कोहलपुरका उद्योगी व्यवसायीहरु जानकार छैनन् । स्थानिय निकायको चुनाव भन्दा महंगो देखिने संघको आगामी चुनावमा उम्मेदवार खोजी खोजी ल्याउन पर्ने स्थिती सिर्जना हुन सक्छ आर्थिक हिसाबले निकै महंगा चुनाव भएको कोहलपुरका अधिकाश व्यवसायीहरु बताउँछन् ।

अर्कोतर्फ कोहलपुर उद्योग वाणिज्य संघमा दर्ता नभएका व्यवसायीहरु मतदान गर्नैका निम्ती पनि दर्ता गरियो । यसको असर हरेक दर्ता गर्ने उद्योगी व्यवसायीहरुलाई पर्न जान्छ । व्यवसाय नै नभएका उद्योगी व्यवसायीहरुको मतदान कै लागी प्रयोग गर्नु गलत कार्य हो । आगामी दिनमा यस विषयमा नयाँ कार्यसमितीले कुनै ठोस कदम चालोस । अहिले पनी ३० प्रतिशत व्यवसायी दर्ता भएका तर व्यापार ,पसल नभएका व्यापारीहरु थुप्रै भेटिछन् । फर्जि मतदाता बनाउने कार्य ८ औँ अधिवेशनबाट रोग लागेको हो । करिब ३४ सय उद्योगी व्यवसायीहरुले बुझाएको राजश्व नयाँ कार्यसमितीले सबैको बीचमा छलङ्ग देखाउन सकेनन् भने नयाँ पुराना सबै पदाधिकारीको मिलेमतोमा कोहलपुर उद्योग वाणिज्य संघ चलिरहेको छ भन्ने बुझिन्छ । कोहलपुर उद्योग वाणिज्य संघले ९ औँ अधिवेशनको आयोजना गर्दै गर्दा औपचारिक कार्यक्रमको आयोजना गरि संघले गरेका ३ वर्षका सम्पूर्ण गतिविधीहरु सबै उद्योगी व्यवसायीहरुको बीचमा जानकारी गराउन सक्थ्यो तर सो कार्य गर्न सकेन् बुद्धि पुराएन् ।बरु चुनावकै माहोलमै  पदाधिकारीहरु रमाइरहे ।

३ चैत्र २०७७ मा प्रकाशित
Nabintech