बाँके बिजुली व्यावसायी संघको अध्यक्षमा पौडेल निर्वाचित

पिपलबाेट संवाददाता


बाँके बिजुली व्यावसायी संघ जिल्ला कार्यसमितिको ९औं साधारण सभा तथा छैठौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट ११ जनाको नया कार्य समिति सर्वसम्मत निर्वाचित भएकाछन् । जसको अध्यक्षमा बिष्णु प्रसाद पौडेल ,उपाध्यक्षमा दिपेश घिताल , सचिव किशोर शर्मा कोषाध्यक्ष सुदिप स्ँवार सहसचिव विष्णु शाही सदस्यहरुमा दिपक केसी,ईश्वर नाथ ओली ,मदन खत्री, सुमन शर्मा, लाल बहादुर केसी, भिम प्रसाद पौडेल रहेका छन् ।


ओम प्रकास भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा नेपाल विद्युतीय व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष सुर्दशन पौडेलले अहिले मुलुक संकटमा रहेको वेलामा हामी सवै व्यावसायी मिलेर अगाडि वढ्नु पर्ने वताए । उनले कोरोनाको कारण व्यावसयीहरु सवै संकटमा परेको समयमा सरकार व्यवसायीहरुको समस्यालाई मध्यनजर गरेर व्यावसायी मुखी वजेट ल्याउनु पर्ने वताए । कार्यक्रमका विशिष्ठ अतिथि नेपाल विद्युतीय व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष रेशम देवकोटाले सरकारले नेपाल चिनका सवै नाकाहरुवाट सहज समान ल्याउन र पठाउने वातावरण सकारले गनु पर्ने वताए ।


उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र वहादुर अधिकारीले सरकारले निजि क्षेत्रका व्यावसायी संस्थाहरुलाई उपेक्षा गदै आएकोले नेपाली व्यावसायी हरुको विकास हुन नसकेको वताए । साधारण सभामा कोहलपुर उद्योग बाणिज्य संघ लक्षमण राज पौडेल , कोहलपुर नगर पालिकाका वडा नं. ११का अध्यक्ष कर्ण वहादुर थापा बाके विजुली व्यवसायी संघका संस्थापक अध्यक्ष नरेश वान्तवा राई लगाएत अतिथि रहेका थिए ।

८ चैत्र २०७७ मा प्रकाशित
Nabintech