मैत्री संघको अध्यक्षमा ओम प्रकाश सरावगी विजय

पिपलबाेट संवाददाता


नेपाल –भारत मैत्री संघको अध्यक्षमा ओम प्रकाश सरावगी निर्वाचित भएका छन् । आईतबार नेपालगन्जमा सम्पन्न संघको सातौं केन्द्रिय मैत्रीसंभा तथा महाधिवेसन ३०५ मत ल्याउदै सरावगी निर्वाचित भएका हुन । यनले बर्तमान अध्यक्ष राजकुमार सिन्धीलाई पराजित गरेका हुन । सिन्धीले १९९ मत ल्याएका थिए ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा शैलेन्द्र मोहन झाले ३१० मत ल्याउदै विजय भएका छन् भने उनका प्रतिद्धन्दी विष्णु सापकोटा १९२ मत ल्याएका छन् । महासचिवमा २८१ मत ल्याउदै बोधकृष्ण सुवेदी निर्वाचित भएका छन् भने उनका प्रतिद्धन्दी टिका ढकालले १९८ मत ल्याएका छन् । सातै प्रदेशका उपाध्यक्ष र सदस्य सहित २९ सदस्सीय कार्यसमिति निर्वाचित भएको छ । जसमा सचिव मनोनित हुने निर्वाचन समितिले जनाएको छ ।
प्रदेश नंम्वर १मा केन्द्रिय उपाध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ विजय भएका छन् । प्रदेश नंम्वर २मा केन्द्रिय उपाध्यक्ष रणधिर कुमार सिंह विजय भएका छन् । प्रदेश नंम्वर ३मा केन्द्रिय उपाध्यक्ष माधव प्रसाद तिमिल्सिना विजय भएका छन् । प्रदेश नंम्वर ४मा केन्द्रिय उपाध्यक्ष ऋषी राम सापकोटा विजय भएका छन् । प्रदेश नंम्वर ५ मा केन्द्रिय उपाध्यक्ष बासुदेव रिमाल विजय भएका छन् । प्रदेश नंम्वर ६ मा केन्द्रिय उपाध्यक्ष धन वहादुर बस्नेत विजय भएका छन् । प्रदेश नंम्वर ७मा केन्द्रिय उपाध्यक्ष हरि शंकर ठाकुर विजय भएका छन् ।
केन्द्रिय सदस्यमा प्रदेश नं. १मा इन्द्रा नन्द शाह ,प्रेम प्रसाद चुडाल ,महिला सदस्य ज्योति न्यौपाने रिजाल विजय भएका छन् ।
केन्द्रिय सदस्यमा प्रदेश नं. २मा सत्य नारायण अग्रवाल ,सन्तोस कुमार अग्रवाल ,महिला सदस्यमा आमा सेतु सिंह विजय भएका छन् ।
केन्द्रिय सदस्यमा प्रदेश नं. ३मा देवि सुवेदी ,वविन कुमार लिगल महिला सदस्य कुष्मा कुमारी पन्त विजय भएका छन् ।
केन्द्रिय सदस्यमा प्रदेश नं. ४मा गुण निधि काफ्ले महिला सदस्य महिला सदस्य सीता वायाल विजय भएका छन् ।
केन्द्रिय सदस्यमा प्रदेश नं. ५मा धुव्र प्रसाद दाहाल ,कृष्ण प्रसाद श्रेष्ठ,शिशिर लम्साल ,महिला सदस्य सुष्मा शर्मा विजय भएका छन् ।
केन्द्रिय सदस्यमा प्रदेश नं. ६मा विरेन्द्र वहादुर मल्ल महिला सदस्य जय कुमारी के.सी विजउ भएका छन् ।
केन्द्रिय सदस्यमा प्रदेश नं. ७ मा वासुदेव सिंह ऐतवाल ,हरि शंकर ठाकुर , महिला सदस्यमा जागृति बोगटी विजय भएका छन् ।
कुल ५सय ६७ मतदाता रहेकोमा ५ सय ६ मत खसेको थियो । संघमा निर्वाचनका लागि जम्मा ४६ जनाले उमेदवारी दिएका थिए । नेपाल –भारत मैत्री संघको सातौं केन्द्रिय मैत्रीसभा तथा महाधिबेशन नेपालगन्जमा शनिबारबाट शुरु भएको हो । संघको केन्द्रिय मैत्रीसभा तथा महाधिबेशन नेपालगन्जमा शुरु प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्री संजय कुमार गौतमले पानसमा दिप प्रज्जवलन गरि कार्यक्रमको उद्घाटन् गरेका थिए ।

९ चैत्र २०७७ मा प्रकाशित
Nabintech