जमिनको मालिक बनाएर जनताको मुहारमा खुशि ल्याउँदैछौं : मन्त्री पौडेल

पिपलबाेट संवाददाता


लुम्बिनी प्रदेशकी भूमि, कृषि तथा सहकारी मन्त्री आरती पौडेले सरकारले जनतालाई जमिनको मालिक बनाउँदै जनताको अनुहारमा खुशि ल्याउन लागेको बताएकी छिन् । बाँकेको कोहलपुर नगरपालिका अन्तर्गतको भूमि सम्बन्धी समस्या समाधान आयोग लगत संकलन इकाईका सर्वेक्षक र अमिनहरुको लागि जग्गा नाप जाँच तथा भूूमि सम्बन्धि ऐन कानूनको बारेमा पाँच दिने अभिमुखिकरण तालिमको उद््घाटन गर्दै वषौं देखि उपभोग गर्दै आएको जमिनको मलिक अब जनता हुने भन्दै सरकारले जनतामो अनुहारमा खुशि ल्याउन लागेको बताएकी छिन् । साथै उनले जनतालाई जग्गा धनिको प्रमाण पत्र दिनका लागि केहि प्राविधिक पक्षमा असहज भएपनि सरकारले त्यसको उचित व्यवस्थापन गरी जनतालाई छिट्टै जग्गाको मालिक बनाउने बताएकी छिन् । मन्त्री पौडेलले संघिय, प्रदेश र स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीहरुले रातदिन काम गरिरहेको जानकारी दिँदै जतिसक्दो छिटो भूमि सम्बन्धीको सम्पूर्ण समस्या समाधान गरी जनतालाई जग्गाको मालिक बनाउन लागिपरिहेको बताएकी छिन् । मन्त्री पौडेलले नेपाली जनताको लामो संघर्षबाट मुलुकमा स्थिरता आएको, मुलुक विकासको मार्गमा अगाडि बढिरहेको र जनताका सपनाहरु विस्तारै पुरा हुन लागेको जानकारी दिँदै भूमिहिन जनताहरुलाई जमिनको मालिक बनाउने तीनवटै सरकारका लक्ष्य रहेको बताएकी छिन् ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले कोहलपुर नगरपालिका भित्रको जग्गाहरु विवादित भएका कारण सर्वेक्षक र अमिनहरुले विवकपूर्ण तरिकारले काम गर्न निर्देशन दिएकी छिन् । साथै उनले जग्गाको नाप जाँच गर्दा आउने समस्याहरु प्रति स्थानिय सरकारले गम्भिर भएर काम गरिरहेको जानकारी दिँदै सर्वेक्षक र अमिनहरुले ऐन कानून भित्र रहेको काम गर्न दिर्नेशन समेत दिएकी छन् ।
कोहलपुर नगरपालिका अन्तर्गतको भूमि सम्बन्धी समस्या समाधान आयोग लगत संकलन इकाईका प्रमुख बिर बहादुर बि.के.ले कोहलपुर नगरपालिकाका १५ वटै वडाबाट भूमिहिन तथा सुकुम्बासीहरुको लगत संकलन कार्य अन्तिमचरण पुगिसकेको बताउँदै सर्वेक्षक र अमिनहरुलाई अभिमुखिकरण तालिम दिई सकेपछि फिल्डमा गई जमिनको नाप जाँच कार्य सुरु गरिने बताएका छन् । कोहलपुर नगरपालिका भित्र भूमिहिन दलित सुकुम्बासी तथा अव्यवस्थितहरुको संख्या करिब १७ हजार भन्दा बढि हुनेछन् भने अहिले पनि केहि वडाहरुमा लगत संकलनको कार्य जारी रहेको उनले बताएका छन् । हाल कोहलपुर नगरपालिका अन्तर्गतको भूमि सम्बन्धी समस्या समाधान आयोग लगत संकलन इकाइले लगत संकलनको डाटाहरु ईन्ट्री गर्ने काम गरिरहेको भने अमिन र सर्वेक्षकहरुलाई तत्काल फिल्डमा खटाउनका लागि तालिम दिन सुरु गरेको छ । भूमि सम्बधी समस्या समाधान आयोग बाँकेका सदस्य गोपाल गिरीले स्थानिय तहहरुको सहयोगले आयोगले आफ्नो काम तिव्र गतिमा अगाढि बढाईरहेको बताएका छन् ।
सो अभिमुखिकरण तालिलको प्रशिक्षकमा बाँकेका प्रमुख नापी अधिकृत पूर्ण प्रसाद पाण्डे र उनको टिमले दिने छ भने तालिममा सर्वेक्षक र अमिनहरुलाई नाप जाँच सम्बिन्धी ऐन र कानूनमा भएका व्यवस्था लगायत अन्य प्राविधिक पक्षमा पाँच दिनसम्म प्रशिक्षण गरिने भएको छ । प्रमुख नापी अधिकृत पाण्डेका अनुसार जमिनको नाप र जाँच गर्ने कार्य जटिल भएकाले जनताको भावना अनुसार काम गर्नुपर्ने बताएका छन् । पाँच दिनसम्म चल्ले अभिमुखिकरण तालिममा कोहलपुर नगरपालिका अन्तर्गतको भूमि सम्बन्धी समस्या समाधान आयोग लगत संकलन इकाइका सर्वेक्षक र अमिन गरी आठले सहभागिता जनाएका छन् ।

९ चैत्र २०७७ मा प्रकाशित
Nabintech