‘विश्व पानी दिवस राप्तीसोनारीमा मनाइयो,शुद्ध पानी पिउन सबैलाई अनुरोध’

प्रशंग खानेपानी दिवसको


स्याम विष्ट / बाँके


‘स्वच्छ पानी पिऊँ’ भन्ने मूल नाराका साथ २९ औं विश्व खानेपानी दिवस सोमबार नेपाललगायत विश्वभर एकैसाथ मनाइएको छ । सोही क्रममा राप्तीसोनारी गाँउपालिका वडा नं. ८ मा खानेपानी उपभोक्ता महासंघ बाँकेले पनि २९ औं खानेपानी दिवस मनाएको छ । खानेपानी महासंघ बाँकेका अध्यक्ष भद्र बहादुर देवकोटाको अध्यक्षतामा एवं राप्तीसोनारी गाँउपालिका वडा नं. ८ का वडा सदस्य लेखराम थारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले पानीको मुहान संरक्षणमा सम्बन्धित निकायले ध्यान दिर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका वडा सदस्य थारुले वन विनास, आगलागी, बाढी, पहिरो लगायतका समस्याका कारण खानेपानीका मुहान सुकिरहेको भन्दै त्यसलाई रोक्न राज्य र समुदाय सबैले बेलैमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । राज्यले अथाह जलस्रोतको उचित व्यवस्थापन गर्न नसक्दा खानेपानीको हाहाकार भइरहेकोले त्यसमा राज्यले गम्भीर प्रदर्शन गर्नुपर्ने उनको धारणा थियो ।
त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी उपभोक्ता महासंघका बाँकेका अध्यक्ष भद्र बहादुर देवकोटाले व्यक्तिगत आस्था र स्वार्थभन्दा माथि उठेर काम गर्न सकेमा मात्रै सबैका लागि पानी सर्वसुलभ रुपमा प्रदान गर्न सकिने तर्क गरेका थिए । पछिल्लो समयमा जलबायू परिवर्तनका साथै बन जंगल संरक्षण नभएका कारण पानीको मुहानहरु सुुक्दै गएको बताएका छन् । साथै उक्त कार्यक्रममा सम्वोधन गदैै खानेपानी सरसफाई सवडिभिजन कार्यालय बाँकेका इन्जिनियर प्रकाश जंग शाहले खानेपानी स्वास्थ्यका लागि सबैभन्दा महत्वपूर्ण भएकाले आम नागरिकहरुले स्वस्थ्य पानी पिउनका लागी अपनाइएका विधीहरु र प्रयोग गर्नुपर्ने बताएका छन् । अधिकाश मानिसहरु पानीको कारणबाट बिरामी हुनका साथै अकालमै ज्यान गुमाउन बाध्य छन् । त्यसकारण पानी स्वस्च्छ पिउनका साथै आम नागरिक हरुलाई सचेतना फैलाउन आवश्यक रहेको बताए । बाँके जिल्लामा खानेपानी उपभोक्ता महासंघ संग आवद्ध संस्थाहरु ८० वटा रहेका छन् भने हरेक पालिकामा पालिका स्तरीय उपभोक्ता संस्था समेत गठन गरिएको छ । स्थानिय तहहरुसंग समन्वय गरी खानेपानी उपभोक्ता महासंघले विभिन्न स्वच्छ खानेपानी सम्वन्धी विभिन्न गतिविधीहरु संचालन गर्दै आइरहेको खानेपानी उपभोक्ता महासंघका कोषाअध्यक्ष याम बहादुर रावत बताउँछन् ।
राप्तीसोनारी गाँउपालिकामा करिब २० प्रतिशत मानिसहरुले स्वच्छ पिउने पानी प्रयोग भइरहेका र अधिकाश नागरिकहरुले स्वच्छ पिउने पानीबाट बञ्चित देखिएका छन् । सामान्य नागरिकहरु जमिनमूनीको पानी प्रयोग गर्न बाध्य छन् । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन मनाइने विश्व पानी दिवस आज विश्वभर विभिन्न कार्यक्रम आयोजना
गरी मनाइँदै छ । विश्वमा देखा परेको स्वच्छ खानेपानीको सङ्कट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसङ्घले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो ।संयुक्त राष्ट्रसङ्घले सन २०३० सम्म विश्वका सबै जनसख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने कार्यक्रम ल्याएको छ । दिगो विकास लक्ष्यका कार्यक्रमअन्तर्गतको यो लक्ष्य हासिल गर्न नेपालले १५औँ आयोजनामा पानीका उपलब्ध स्रोतको संरक्षण, सम्वद्र्धन र किफायती उपयोग गर्ने नीति, रणनीति, कार्यक्रम र योजना तय गरेको छ । यसअन्तर्गत सतहको पानी, वर्षाको आकाशे पानी, सतहमुनिको पानी तीनवटै स्रोतको उपयोग गर्ने नीति लिइएको छ । दिवसका अवसरमा नेपालमा पनि सरकारी, सामाजिक र निजी क्षेत्रबाट पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको जनाइएको छ ।

९ चैत्र २०७७ मा प्रकाशित
Nabintech