‘दुई वर्षपछि आईइ गर्दै कोहलपुर नगर’

कोहलपुर नगरको फोहोरमैला संकलन, व्यवस्थापन र प्रशोधन काण्ड


पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिका र जटायु रिसाईक्लर्स प्रालिका बिच गत असार २६ गते फोहोरमैला संकलन, व्यवस्थापन र प्रशोधनका लागि दुई पक्षिय सम्झौता भएको थियो । श्रावण १ गतेदेखी उक्त संस्थाले काम सुरु गरिएको बताएपनी कोहलपुर नगरपालिकाले उक्त क्षेत्रको संक्षिप्त वातावरणीय अध्ययन करिब २ वर्ष पछाडी गर्दैछ । कुनैपनी योजना निर्माणका लागि पहिले आईई महत्वपूर्ण मानिन्छ । तर कोहलपुर नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीको मिलेमतोमा आफ्नो अनुकुलतामा काम गर्दै आइरहेका छन् । डिपिआर समेत भइसकेको उक्त योजना दुई वर्षपछि आईइ कोहलपुर नगरपालिकाले गर्दैैछ । गत बुधबार कोहलपुर नगरपालिकाले एक सूचना जारी गर्दै उक्त कार्यबाट प्रभावित हुने स्थानिय समुदाय तथा स्थानिय तहका पदाधिकारीहरु संग चैत्र १० गते भेला बोलाएको छ । शुरुमै गर्नुपर्ने आइर्ई किन ढिलो भन्ने प्रश्नमा ? कोहपुर नगरपालिका फोहोरमैला तथा बातावरण सुधार शाखाका पुरुषोतम पोखरेलले सरकारले अनुमती ढिलो दिएका कारण आईई गर्नमा ढिला भएको बताए । यता कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले आइई पनि गर्दै जाने र संरचना पनि बनाउँदै जाने बताए । मेयर रावतको भनाई अनुसार होचुवाको भरमा योजना सुचारु गरेको बुझिन आउँछ । यस विषयका कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालली आफूलाई यस विषयमा पूर्ण जानकारी नभएको तर कुनैपनी बृहत योजनाको निर्माण हुँनुभन्दा पहिले नै आईई गर्नुपर्ने उनले स्र्वीकार गरे । कोहलपुर नगरपालिका योजना शाखा प्रमुख अग्नी प्रसाद आचार्यका अनुसार वृहत योजना निर्माण हुनुभन्दा पहिले नै आइई गर्नुपर्ने तर यस विषयमा आफूलाई पनि पूर्ण जानकार नभएको बताउँछन् । कोहलपुर नगरपालिका ईन्जिनियर बालकृष्ण महतराका अनुसार फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माणको काम ५० प्रतिशत काम भइसकेको दाबी गरे ।

उता प्रालिले गरेको तयारी अनुसार नै फोहोर संकलन तथा मृत पशु चौपायाको ब्यवस्थापन हुने बताईएको हो । कोहलपुर नगरपालिका वडा नं ९ मा जटायु रिसाईक्लर्स प्रालि र कोहलपुर नगरपालिकाको साझेदारीमा प्रशोधन केन्द्र स्थापना गरिदै छ । ३ बिगाह क्षेत्रफलमा निर्माण हुन लागेको उक्त प्रशोधन केन्द्रमा नगर क्षेत्रभित्रबाट संकलन गरीएको फोहोरलाई वर्गिकरण गरी पुनः उपयोगकालागि प्रशोधन गरिने प्रालिको योजना रहेको छ । जटायू रिसाईक्लर्स प्रालिले फोहोर व्यवस्थापन गर्ने नजिकका स्थानिय बासिन्दाहरुले बिरोध गर्दै आएका छन् । कोहलपुर नगरपालिका वडा नं. ९ का स्थानिय बासी रजक अलीका अनुसार फोहोर व्यवस्थापन केन्द्र बस्तीको १ सय ५० मिटर मात्र टाढा छ , फोहोर व्यवस्थापन जस्तो कार्य हचुवाको भरमा व्यवस्थापन गर्न खोजिएको बताए । अहिले यस विषयमा कोहलपुर नगरपालिका वडा नं. ९ का स्थानिय बासिन्दाहरु आक्रोसित बनेका छन् । स्थानिय बासिन्दाहरुको भनाई अनुसार फोहोर व्यवस्थापनका लागि अन्यत्र ठाँउको बिकल्प खोज्नुपर्ने बताएका छन् । फोहोर व्यवस्थापनका लागि आफ्नो वडा संग कुनै पनी सहकार्य नभएको र बजेट रकम समेत आफूले थाहा नभएको कोहलपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष ठाकुर प्रसाद थारु बताउँछन् । अध्यक्ष थारु भन्छन् आफुलाई अहिले सम्म कुनै जानकारी नै छैन् एक पटक विद्युतको लागि कार्यालयमा प्रालिका कर्मचारी आएका थिए मैले जनताको भावना बिपरित कार्य गर्न नसकिने भनेर पठाइदिए उनले भने । कोहलपुर नगर क्षेत्रको फोहर ब्यवस्थापनका लागि प्रशोधन उद्योगले स्थानिय स्तरमा रोजगारी समेत सृजना प्रालिको दाबि छ । सञ्चालक सतिष केसीले घर घरमा रहेका कुहिने र नकुहीने बस्तुहरु बर्गिकरण गरेर प्रशोधन केन्द्र सम्म लगिने बताए । प्रशोधन केन्द्रमा प्लाष्टिकलाई प्रशोधन गरिने, धातुताई पनि पुनः प्रयोगका लागि पठाईने र कुहिने फोहरबाट प्राङगारीक मल र बायो ग्याँस उत्पादन गरिने जानकारी दिए ।

३ बिगाह क्षेत्रफलमा गार्डेन सहित निर्माणाधिन अवस्थामारहेको उक्त उद्योगबाट कुनै प्रकारको दुर्गन्ध बाहिर नजाने केसीको दाबि छ । उद्योगको डिपिआर तयार भईसकेको र केही समयभित्रै संरचना निर्माण कार्य सुरु गर्ने योजनाकासाथ आफुहरु अगाडी बढेको केसीले बताए । तत्कालकालागि नगर क्षेत्रबाट संकलन गरीएको फोहोरलाई कोहलपुर वडा नं. १० को सरस्वती सामुदायीक वनमा डम्पीङ साईट निर्णण गरी ब्यवस्थापन गरीएको केसीले जानकारी दिए । प्रशोधन केन्द्र तयार भएपछि मात्रै नगर क्षेत्रबाट संकलन गरीने फोहोरलाई उक्त स्थानमा लगिने उनको उनको भनाई छ । कोहलपुर नगरपालिकाको करिब २ करोड र प्रालिको करिब ९७ लाख लगानीमा उक्त फोहोरमैला व्यवस्थापन गरिने भएतापनी कार्यान्यनको पक्षमा कुनै चरण पनी पार गर्न सकिरहेको छैन् । यसरी कोहलपुरको वृहत गौरवको योजना निर्माण कार्यमा जनप्रतिनिधी र कर्मचारी फरक फरक पाटोबाट अगाडीबढिरहेका छन् । कोहलपुरका अधिकांश ठूला योजनाहरु पहिले आईइ नगर्ने र योजनाहरु को काम मध्यभागमा पुगेपछी आईइ गर्ने प्रचलन रहेको छ । कोहलपुरको गौरवको योजना बनिरहेको घण्टाघर पनि निर्माणको चरणमा पुगिसकेपछी आईइ गरिएको थियो ।

९ चैत्र २०७७ मा प्रकाशित
Nabintech