१३ वर्षिय बालिका माथि सामूहिक बलात्कारको घटना

दोषिलाई संरक्षण गर्दै जनप्रतिनिधि



बाँकेको कोहलपुर नगरपालिका वडा नं. ४ बेलनपुरमा १३ वर्षिय किशोरीलाई सामुहिक बलात्कारको आरोप लागेका छ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । गत चैत्र २ गते जंगलमा दाउरा लिन गएकी कोहलपुर नगरपालिका वडा नं. ४ बेलनपुरकी १३ वर्षिय किशोरीमाथी अपहरण गरेर बलात्कार गरेको भन्दै माधवराम थारु सहित छ जनालाई प्रहरीले प्रक्राउ गरेको हो । पीडित १३ वर्षिय किशोरीले भनिन्, ‘मलाई जबरजस्ती बाइकमा बसालेर लगे । मलाई अकलघरुवाट दिउँसो दुई बजे लिए ।’ रातको दुई बजेसम्म अपरहण परी आफू बलात्कार समेत भएको उनले बताएकी छिन् । दिउँसो २ बजेदेखी आफ्नो छोरीलाई अपहरण गरेर लगेको र भैरव कन्ट्रक्सनमा कार्यरत कर्मचारीको समेत मिलेमतो रहेको पीडितका परिवारको दावि छ । घटना भएको सोही दिन इलाका प्रहरी कार्यालय कोहलपुरले तीन जनालाई प्रक्राउ गरेको थियो । घटनामा संलग्न रहेका तीन जनालाई पीडितका परिवारलाई कुनै पनि जानकारी नदिएर प्रहरीले छाडेको थियो । ‘प्रहरीले तीनजनालाई प्रक्राउ गरेको छ भनेर हामी इलाका प्रहरी कार्यालयमा आउँदा प्रहरीले उनीहरुलाई छोडिसकेछ’ पीडितका बुवा सफी मोहम्मद बेडुवा भने । परिवारको दबाव पछि ईलाका प्रहरी कार्यालय कोहलपुरले तीन जनासहित पुन अरु तीन जना गरी छ जनालाई प्रक्राउ गरेको थियो । आफ्नो १३ वर्षे छोरीलाई अपरहरणी गरी बलात्कार गर्ने अपराधीलाई छुटाउनका लागि कोहलपुर नगरपालिका वडा नं. ४ का वडा सदस्य मेराजुदीन जागा (सुरज)ले घटनालाई मिलाउने र ढाँकछोप गर्ने प्रयासमा सक्रिय भूमिका खेलेको उनले बताएका छन् । कोहलपुर नगरपालिका वडा नम्बर ४ का निर्वाचित वडा सदस्य समेत रहेका सुरज जागाले आर्थिक लेनदेन गरी प्रक्राउ परेकाहरुलाई प्रहरीबाट छुटाउने प्रयास समेत गरेको पीडित पक्षको भनाइ छ । बलात्कार जस्तो गम्भिर घटनामा जनप्रतिनिधीले मिलाउने प्रयास गर्नुको सट्टा आर्थिक चलखेल बाट अपारधिलाई संरक्षण गर्ने कार्य गरेको भन्दै पीडित परिवारले दुःख व्यक्त गरेको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख रविन्द्र खनालले घटनाको छानविन भइरहेको र दोषीलाई कानूनी कारवाहीको लागि प्रक्रिया अगाडी बढाएको बताएका छन् । घटनामा संलग्न रहेका व्यक्तिहरुलाई कानूनी कारवाहीको माग सहित इलाका प्रहरी कार्यालय कोहलपुर पुगेका पीडितको परिवारलाई प्रहरीले दुबै पक्ष मिलेर आउन दबाब दिएको किशोरीका बुबा बेडुवाले बताएका छन् ।
यता कोहलपुर नगरपालिका वडा नं. ४ का वडा सदस्य मेराजुदीन जागा (सुरज)ले घटनामा संलग्नलाई कानून अनुसारको कारवाहीको लागि आफु लडिरहेको बताउँदै आर्थिक लेनदेन गरी अपराधिलाई संरक्षण नगरिएको दाबि गरेका छन् । साथै उनले अपराधिले कानून अनुसारको सजाय पाउनुपर्ने भन्दै पीडितकै पक्षमा आफु लडिरहेको बताएका छन् । पछिल्लो समय बालिका बलात्कारका घटनाहरु दिनप्रतिदिन बढिरहेको छन् ।

१२ चैत्र २०७७ मा प्रकाशित
Nabintech