कोहलुपर नगरपालिकामा कर्मचारी काण्ड

स्वीकृत दरबन्दी भन्दा बढि कर्मचारी भर्ना


पिपलबाेट संवाददाता


‘‘६५ जना बढि करार, ज्यालादारी र अस्थायी कर्मचारीको तह बढुवा’’

बाँकेको कोहलपुर नगरपालिकामा आवश्यकता भन्दा बढि कर्मचारी भएको पाईएको छ । कोहलपुर नरपालिकामा आवश्यक पर्ने कर्मचारी संख्या भन्दा दुई गुण बढि कर्मचारी भर्ना गरिएको छ । कोहलपुर नगरपालिका भित्रको दरबन्दी मिलान अनुसार विषयगत शाखा बाहेक प्रशासन शाखाको वडा र पालिकामा गरी ६२ जनाको स्वीकृत दरबन्दी रहेको छ । तर कोहलपुर नगरपालिकामा हाल वडा र पालिकाको प्रशासन तर्फ मात्र एक सय ४४ जना कर्मचारीहरु कार्यरत रहेका छन् । कोहलपुर नगरपालिकामा कुल कर्मचारी दुई सय ३५ जना रहेका छन् भने स्थायी एक सय ११, अस्थायी एक, करार एक सय १३ र ज्यालादारी १० जना रहेका छन् । कोहलपुर नगरपालिकाको प्रशासन तर्फ स्थायी ४५ जना, करार ३८ जना, ज्यालादारी एक जना, अस्थायी एक जना कर्मचारी रहेको पाईएको छ । साथै ईन्जिनियर तर्फ स्थायी १५ जना, ज्यालादारी एक जना रहेका छन् । कोहलपुर नगरपालिकाले सेवा क्षेत्र नछुट्याएका कर्मचारीहरु करार ३४ जना र ज्यालादारी आठ जना, विविध सेवा क्षेत्र शीर्षकमा स्थायी नौ र करार दुई जना कर्मचारी रहेको पाईएको छ । यसका साथै कोहलपुर नगरपालिकाको शिक्षा शाखामा चार जना स्थायी, स्वास्थ्य शाखामा २८ जना स्थायी र ३५ जना करार, कृषि शाखामा नौ जना स्थायी, दुई जना करारमा रहेको पाईएको छ । कोहलपुर नगरपालिकामा आवश्कयता भन्दा बढि कर्मचारी हुँदा पनि स्थायी काजमा हाल १३ जना स्थायी कर्मचारीहरु कार्यरत रहेको पाईएको छ । कोहलपुर नगरपालिकामा हाल सात जना सवारी चालक, ४९ जना कार्यालय सहयोगि र ५८ जना श्रेणी बिहिन कर्मचारीहरु मध्ये स्थायी नौं जना, करार ३८ र अस्थायी दुई जना कर्मचारी कार्यरत रहेका छन् । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालीले कोहलपुर नगरपालिका भित्रको आवश्यकता अनुसारका दरबन्दी सिर्जना गरिएको बताएका छन् ।

कोहलपुर नगर कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार ज्यालादारी कर्मचारीलाई करारमा र करार तथा ज्यालादारी कर्मचारीहरुलाई बढुवा गरिएको बताएका छन् ।नेपाली काँग्रेस कोहलपुरका नगरसचिव भूम बहादुर भण्डारीले कोहलपुर नगरपालिकाले हाल आएर स्वीकृत दरबन्दी भन्दा बढि राख्नु गतल भएको बताएका छन् । साथै उनले स्थानिय तहमा कर्मचारी आवश्यक परेको खण्डमा संघिय सरकारबाछ दरबन्दी स्वीकृत लिई कर्मचारी राख्नुपर्ने कोहलपुर नगरपालिकाले हचुवाको भरमा कर्मचारी राख्नु संघिय कानून विपरित रहेको बताएका छन् । अस्थायी, ज्यालादारी तथा करार कर्मचारीहरुको बढुवा तह वृद्धि कानून विपरीत रहेको र कानून लडाई लड्ने बताएका छन् । नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटि सचिव तुलराजविष्टले कोहलपुर नगरपालिकाको स्वीकृत दरबन्दी भन्दा बढि कर्मचारी राखेको बारेमा आफुहरुले अध्ययन गर्ने र नियम विपरीत कर्मचारी राखेको भए कानून विपरित गरिएको क्रियाकलापको विरोध रहने बताएका छन् । नगरपालिकामा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुको बढुवा गर्ने क्रममा ६५ जना भन्दा बढिको कर्मचारीहरुको तह बढुवा गर्दै करारमा राखिएको छ ।

 

 

 

 

१४ चैत्र २०७७ मा प्रकाशित
Nabintech