सिग्देल सबैका प्रिय, क्रिसाको अध्यक्षमा दोस्रो पटक चयन

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर क्षेत्र संस्थागत विद्यालय संगठन क्रिसाको अध्यक्ष दिनेश सिग्देल चयन भएका छन् । क्रिसाको १२ औं वार्षिक साधारण सभा एवम् पाँचौ अधिवेशनबाट दिनेश सिग्देलको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ । सिग्देल क्रिसाको संस्थापक सचिव, एक कार्यकाल अध्यक्ष हुँदै पुन दोस्रो पटक अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । कोहलपुर क्षेत्रको संस्थागत विद्यालयहरुको विकासका लागि क्रिसाको स्थापना कालदेखि महत्वपूर्ण भूमिका खेलका सबैका प्रिय सिग्देल क्रिसाको दोस्रो पटक अध्यक्षमा चयन भएका छन् । त्यस्तै क्रिसाको उपाध्यक्षमा बेगप्रकाश चन्द, सचिवमा कमानसिंह थापा, कोषाध्यक्षमा रमेश केसी सर्वसम्मत चयन भएका छन् । त्यस्तै क्रिसाको सदस्यहरुमा समिर घर्ति, चिरीजीवि सुवेदी, नारायण पंगेनी, दमन पाण्डे चयन भएका छन् । त्यस अघिको उद्घाटन सत्रमा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले कोहलपुर क्षेत्रको शैक्षिक विकासका लागि क्रिसाले महत्वपूर्ण भूमिका खेलेको बताउँदै स्थानिय सरकारले क्रिसासँग सहकार्य गरी विभिन्न गतविधिहरु गरिरहेको जानकारी दिएका छन् । साथै उनले क्रिसाले संचालन गर्ने रहेक गतिविधिहरुलाई आवश्यक सहयोग गर्दै स्थानिय सरकार अगाडि बढिरहेको जानकारी दिँदै गुणस्तरीय शिक्षाका लागि क्रिसाले विशेष नीति लिई कोहलपुर नगरलाई शैक्षिक हब बनाउनका लागि सहयोग गर्न सुझाव दिएका छन् । कार्यक्रम बोल्दै क्रिसाका निवर्तमान अध्यक्ष शिव डाँगिले आफ्नो कार्यकालमा उल्लेखिय कामहरु क्रिसाले गरेका स्मरण गर्दै कोरोना भाईरसका कारण सम्पन्न गर्न नसकिएका कामहरु नयाँ कार्यसमितिले पुरा गर्ने विश्वास व्यक्त गरेका छन् । साथै उनले क्रिसामा आवद्ध विद्यालयमा अध्ययरत विद्यार्थीहरुको चौतर्फि विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरुलाई जोड दिँदै अगाडि बढ्नुपर्ने बताएका छन् । कार्यक्रममा कोहलपुर नगरपालिका शिक्षा शाखाका विद्यालय निरीक्षक रबिलाल मिजारले कोरोना भाईरसका कारण सबै भन्दा बढी जोखिममा संस्थागत विद्यलय रहेको बताउँदै राज्यले उचित नीति लिई संस्थागत विद्यालयहरुको विकास गर्नुपर्ने बताएका छन । साथै उनले सामुदायिक र संस्थागत विद्यालयलाई कोहलपुर नगरपालिकाले विवेद नगरेको बताएका छन् । कार्यक्रम बोल्दै नेशनल प्याब्सन बाँकेका अध्यक्ष श्याम कुँवरले विद्यार्थी भर्ना प्रक्रियालाई निराकरण गर्ने उद्देश्यले क्रिसाको स्थापना भएको स्मरण गर्दै क्रीसाले विद्यार्थीहरुको अन्तर्निहित क्षमता वृद्धिका लागि विभिन्न क्रियाकलाप गरिरहेको बताए । कार्यक्रम बोल्दै शिक्षक महासंघ कोहलपुरका अध्यक्ष राम प्रसाद चापागाईंले संस्थागत विद्यालयको हक हितका लागि क्रिसाको स्थापना गरिएको बताउँदै कोहलपुरको शैक्षिक विकासलागी क्रिसाको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा क्रिसामा आवद्ध विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

१४ चैत्र २०७७ मा प्रकाशित
Nabintech