नेपाल जेसीज वर्ष २०२१ का लागि निरुपित राष्ट्रिय उपाध्यक्ष कल्पना पाण्डेले समाज रुपान्तरण मेरुदण्ड जेसीज बन्दै गएको बताएकी छिन् । कोहलपुर जेसीज वर्ष २०२१ द्धारा आयोजित स्वागत तथा शाखा भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले पछिल्लो समय यूवाहरुको आकर्षण जेसीजमा केन्द्रित भईरहेको बताउँदै आर्थिक, राजनैतिक, सामाजिक रुपान्तरणको नेतृत्व जेसीजमा आवद्ध यूवाहरुले गर्ने बताएकी छिन् । व्यक्तित्व विकास र नेतृत्व विकासको प्रमुख लक्ष्य जेसीजको भएको बताउँदै जेसीजमा आवद्ध यूवाहरु सामाजिक जीवनसँगै व्यवसायिक जीवनलाई सफल बनाउनुपर्नेमा जोड दिएकी छिन् । ‘जेसीज तालिमको विश्वविद्यालय हो, जीवनलाई सकरात्मक सोच तर्फ अग्रसर गराउनका लागि जेसीजले विभिन्न तालिमहरु आयोजना गरिरहेको छ’ उनले भनिन् ‘कोहलपुर जेसीजमा आवद्ध यूवाहरुलाई आवश्यकता अनुसारको तालिम दिन नेपाल जेसीज पहल गर्नेछ ।’ साथै उनले जेसीजमा लागेका यूवाहरुलाई उद्यमशिल, आर्थिक रुपमा सक्षम बनाउनका लागि विशेष योजना सहित काम गर्न लागिरहेको जानकारी दिँदै कोहलपुर जेसीजको पञ्चवर्षिय योजना सहति आउन सुझाव दिएकी छिन् । ‘जेसीजमा लागेका यूवाहरु आर्थिक रुपमा आत्मानर्भिर हुनु पर्दछ, त्यसका लागि आवश्यक पर्ने ज्ञान सीप लिनुपर्दछ’ उनले भनिन् ‘त्यसका लागि जेसीजले आवश्यक समन्वयन गर्न तयार छ ।’ जीवनमा आईपर्ने विभिन्न खाले चूनौतिहरुलाई सहजकै समाधान गर्नका लागि जेसीजका यूवाहरु सफल भएको स्मरण गराउँदै यूवाहरुलाई जेसीज अभियानमा जोडिनका लागि आनुरोध समेत गरिन् । कार्यक्रममा कोहलपुर जेसीज वर्ष २०२१ का अध्यक्ष राम प्रसाद पाण्डेले कोहलपुर जेसीजलाई नेपालभरीकै नमूना जेसीज शाखाका रुपमा स्थापित गर्नका लागि आफुले विशेष नीति लिएर काम गरिरहेको बताउँदै कोहलपुर जेसीजले दिर्घकालिन सोचका साथ काम गर्ने बताएका छन् । साथै उनले कोहलपुर जेसीजले विभिन्न सामाजिक कार्यहरु गरिरहेको जानकारी दिँदै समाजलाई सहि बाटोमा हिडाउनका लागि जेसीजमा आवद्ध यूवाहरु अग्रसर हुनुपर्ने बेला आएको बताएका छन् । कार्यक्रममा जेसीजमा आवद्ध यूवाहरुको सहभागिता रहेको थियो ।