कोहलपुरका जिम्मेवार व्यक्तिले लेखे निर्णय पुस्तिकामा ‘कथित’शब्द

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ मा महिला एकता आमा समुहले २०५९ सालमा घरको संरचना निर्माण गरी बसेको थियो । संरचना बनाई बसेको एकता आमा समूहलाई हटाई पुन उक्त जग्गामा योग्ग एवंम प्राकृतिक समाज नेपाललाई नगरपालिकाले आवासिय भवन एवं अस्पतालका बनाउने नाममा उक्त जग्गा कटौती गरेको छ ।
योग्ग एवंम प्राकृतिक समाज नेपालाई जग्गा नपुगेको भन्दै महिला एकता आमा समूहको जग्गा नगरपालिकाले उपलव्ध गराउन खोजेको हो । कोहलपुर नगरपालिका प्रमुख प्रशासयिक अधिकृत छविलाल नेपाली द्धारा हस्ताक्षर सहित बिहिबार पत्रचार गरेको छ । महिला एकता समाजले निर्माण गरेका संरचना हटाउनका लागि पाँच दिने समय राखेर संरचना हटाउन खोजेको हो । महिला एकता समाजले आफ्नो स्थापना कालदेखी २०७४ सम्म घरधुरी कर समेत तिर्दै आएको छ । महिलाहरुको हितका लागि स्थापना भएको उक्त महिला एकता आमा समूह बीच छलफल नै नगरी एकलौटी संरचना भत्काउन खोजिएको महिला एकता समूहका पदाधिकारीहरुले आपत्ति जनाएका छन् । महिलाहरुको भावना विपरित राजनैतिक पहुँजका आधारमा यस्ता निर्णयहरु कोहलपुर नगरपालिकाले गर्दै आएको छ । महिला एकता समाज कोेहलपुर २ कि अध्यक्ष गंगा वलीका अनुसार कोहलपुर नगरपालिकाले आफ्नो मनपरी रुपँमा संरचना भत्काउने र महिलाहरुको हक अधिकार विपरित कार्यहरु गर्न खोजिएकाले यस विषयमा आफ्नो आपत्ति रहेको बताइन् । कोहलपुर नगरपालिकाले योग एवंम प्राकृतिक अस्पताल निर्माणका लागि महिला एकता आमा समूहले बिबाद सिर्जना गर्दै आएको आरोप नगरपालिकाले लगाएको छ । बुधबार कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतको प्रमुख आथित्यमा बसेको बैठकले महिला एकता आमा समूहलाई हेपाह प्रवृतिको शब्द प्रयोग गरि निर्णय समेत गरेको छ । उक्त निर्णयमा लेखिएको छ महिला एकता आमा समूहलाई ‘कथित’ शब्दले सम्बोधन समेत गरिएको निर्णय पुस्तिकाले बताउँछ । यस विषयमा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतलाई बारम्बार सम्पर्क गर्न खोज्दा फोन उठाएन्् उता कोहलपुर नगरपालिका कि उपप्रमुख सञ्जु कुमारी चौधरीले पनि फोन उठाइनन् । कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृतले उक्त बैठकले गरेको निर्णयमा प्रयोग भएको कथित शब्द गलत लेखिएको बताएका छन् । साथै निर्णय लेख्ने व्यक्तिको कमिकमजोरी समेत भएको स्वीकार गरेका छन । यस विषयमा उक्त बैठकमा समावेश भई हस्ताक्षर समेत गरेका उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यलाई बुझ्दा चक्र अधिकारीले आफुलाई थाहा नभएको जानकारी दिए । तर अधिकारी बैठकमा समावेश भई हस्ताक्षर समेत गरेका छन् । उक्त बैठकमा योग एवं प्राकृतिक स्वास्थ्य समाज नेपालका अध्यक्ष नम प्रसाद शर्मा, नगर प्रमुख लुट बहादुर रावत,नेकपा एमालेका नगर अध्यक्ष खिल प्रसाद भुषाल,नेपाली कांग्रेसका बलराम शर्मा, नेकपा केन्द्रका युवराज भण्डारी, राप्रपा नेपालका याम बहादुर रावत, नेमकिपाका अन्जिर बहादुर शाही, राष्ट्रिष्य जनमोर्चाका भिम प्रसाद देवकोटा, वडा नं. २ का अध्यक्ष कर्णसिंह बिसी,उद्योग वाणिज्य संघका महासंघका केन्दिय सदस्य चक्र बहादुर अधिकारी, एकता राष्ट्रिय अभियानका अध्यक्ष डोलराज अर्याल, योग प्राकृतिक अस्पतालका रेशम लाल सापकोटा र कमलाकान्ती पौडेल सहितको बैठकले महिला एकता आमा समूहको भौतिक संरचना भत्काउने निर्णय गरेको हो । जिम्मेवार व्यक्तिहरुको बैठकले महिलाहरुको महिला एकता आमा समूह नामक संस्थालाई हेपाह प्रवृतीको कथित शब्द प्रयोग गरी निर्णय गरेको थियो ।

१५ चैत्र २०७७ मा प्रकाशित
Nabintech