किन लुकाइयो कोहलपुर नगरपालिकाको कर्मचारी दरबन्दी

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकामा जनप्रतिनिधी र कर्मचारीको मनपरी चलेको छ । गाँउ–गाँउमा सिंहदरबार आएपनी निर्वाचित जनप्रतिनिधी र नगरपालिका कर्मचारीको मिलेमतोमा समय समयमा फरक फरक खालका गलत क्रियाकलापहरु हुँदै आएका हुन । कोहलपुर नगरपालिमा एमाले, नेपाली कांग्रेस, माओवादीबाट निर्वाचित जनप्रतिनिधीहरुको राज चलेको छ । निर्वाचित जनप्रतिनिधीहरुले आफ्ना कार्यकर्ताहरुलाई कोहलपुर नगपालिकामा नियम मिचेरै जागीर खुवाउन सफल भएका छन् । दक्ष र अनभुवी व्यक्तिहरुलाई पछाडी पार्दै राजनैतिक आडमा उक्त कोहलपुर नगरपालिकामा कर्मचारी भर्ना गरिएको श्रोतले बताउँछ । यता कोहलपुर नगरपालिकामा आवश्यक पर्ने दरबन्दी र आवश्यक भन्दा बढी कर्मचारीहरु भर्ना भएको तथ्य बाहिर आएको छ । कोहलपुर नगरपालिमा नगरपालिका प्रमुख लुट बहादुर रावत र उपप्र्रमुख सञ्जु कुमारी चौधरी र नगरपालिका प्रमुख प्रशासकिय अधिकृत छविmलाल नेपालीले नगरपालिकामा भएको दरबन्दी समेत लुकाएर अन्य कर्मचारीहरु भर्ना गरेको आरोप लागेको छ । नगरपालिकाको कर्मचारी विवरणमा विविद्य शिर्षक राख्दै र पद सिर्जना गरेर दरबन्दी स्विकृती नलिएरै कर्मचारी भर्ना गरेको हो । दर्जन भन्दा बढि कोहलपुर नगरपालिकाले कर्मचारी दरबन्दी लुकाएको श्रोत बनाउँछ । कोहलपुर नगरपालिकामा हाजिर भएका कर्मचारीहरुको ठूलो संख्या भएतापनी एक अर्काबीच परिचित समेत छैनन् । आफ्नो राजनैतिक धरातल बलियो बनाउनका लागि स्थानिय तहमा सिधै जागिर खुवाउने प्रचलन पछिल्लो समयमा कोहलपुर नगरपालिकामा हावी भएको पाइएको छ । यसरी आफ्नो पावर र बलमा राखिएका कर्मचारीहरुलाई तलब भत्ता सुविद्या दिनका लागि कोहलपुर नगरपालिकाले वर्षेनी करोडौँ रकम खर्च समेत गर्दै आएको श्रोतले बताउँछ ।
विकास निर्माणका लागि विनियोजित हुने बजेट कर्मचारी पालनपोषणमै सकिने गरेको छ । नगरपालिकाले सरकारको ऐन नियम बिपरित कानुननै मिचेर कर्मचारीहरुको हितमा गरिएको निर्णयले कोहलपुरबासीहरु आश्र्चय बनेका छन् । नगरपालिका भित्र हुने कतिपय क्रियाकलापहरु जनप्रतिनिधीहरुले समेत पत्तो पाउदैनन् । नगर विकास समितीमा पनि १५ देखी २० जनाको कर्मचारी संख्या रहेको छ । यसरी समग्र कोहलपुर नगरपालिकाको कर्मचारीको संख्या र भित्रभित्रै लुकाइएका दरबन्दीहरु कति छन् सम्वन्धीत निकायका राजनैतिक दल र जिम्मेवारी व्यक्तिहरुलाई जानकारी छैन् भने सामान्य जनतालाई जानकारी हुने कुरै भएन् । कोहलपुर नगरपालिकालाई १÷२ जना कर्मचारी र जनप्रतिनिधीहरुले हप्तैपिच्छे गलत क्रियाकलाप गर्दै जाने र अन्य जनप्रतिनिधीहरु टुुलुटुलु हेरेर बस्न बाध्य छन् । कोहलपुर नगरपालिका जनप्रतिनिधीले नाम नछाप्ने सर्र्तमा एक जनप्रतिनिधीले भने, नगरपालिकामा भएको विकृती र बिसङ्गतीका विरुद्ध केही जनप्रतिनिधीहरुले बिरोध गरेपनी जाहेज विषयको सुनुवाई नभएको बताउँछन् । साथै अहिले सम्म कोहलपुर नगरपालिका हरेक वर्ष बिनियोजित बजेट चरम भ्रष्ट्रचार भएको दाबी गरे ।

१६ चैत्र २०७७ मा प्रकाशित
Nabintech