जसलाई उमेरले छेकेन जनतालाई सेवा गर्न

स्याम विष्ट / बाँके


राप्तीसोनारी गाँउपालिकामा सामान्य लेखपढ गरेका जनप्रतिनिधिको संख्या धेरै भए पनि ज्येष्ठ जनप्रतिनिधि वली र बस्नेत पनी हुन ।

उमेरले ६२ वर्ष नाघे । बुढेसकालले छोए पनि उनको काम गर्ने जोस र जाँगर भने युवावस्थाको जस्तै छ ।राप्तीसोनारी गाँउपालिका वडा नं. १ का वडा अध्यक्ष चन्द्र बहादुर बुढालाई बुढेसकालको भन्दा पनि आफूलाई जिताएका मतदाताको बढी चिन्ता छ । उनको दैनिकी जनताका समस्या सुन्दै, हेर्दै र समाधानको बाटो खोज्दैमा बित्छ । ‘म बूढो मान्छेलाई पनि सवै जनताले भोट गरेर जिताए’ अध्यक्ष बुढाले भने,‘जनताको काम गर्छु भनेर नै सबैले मलाई विश्वास गरे त्यही भएर मैले कसैलाई नराम्रो गरेको छैन । २०३२ सालमा दाङको बालमितेरी माविबाट एस.एल.सी अध्ययन गरेका वडा अध्यक्षले २०३९ सालदेखी राजनैतिक यात्रा शुरुवात गरेका थिए । विभिन्न समयमा प्रधानपञ्च देखी अहिले सम्म राजनैतिक क्षेत्रमा उनको योगदान रह¥यो । प्रधानपञ्चको पालादेखी नै वली चुनावी मैदानको उम्मेदवारी दिदै आए ।

राजनैतिक यात्राको लामो समयदेखी सामाजिक सेवामा होमिएका वलीलाई राप्ती सोनारी गाँउपालिका वडा नं. १ को विकास निर्माण र सामाजिक सेवामा निरन्तर लागि परेका छन् । उमेरले ६२ वर्ष पारगरे पनि वडा अध्यक्ष वलीको जोस र जाँगर उतिकै छ । सामाजिक सेवा गर्दै २०७४ सालको स्थानिय निकायको निर्वाचनमा राप्तीसोनारी गाँउपालिकाबाट नेपाली कांग्रेसबाट अध्यक्ष पदमा १ हजार १ सय ७८ मत ल्याएर उनी बिजय भएका थिए । जनताले दिएको मतलाई विश्वास गर्दै वली अध्यक्ष भइसकेपछि राप्तीसोनारी गाँउपालिका वडा नं.१ कुशुम क्षेत्रको विकास निर्माणले तिव्र गति लिएको अध्यक्ष वलीको भनाई छ । पढाइलेखाई सामान्य भएतापनी वलीको कार्यक्षमता र अनुभव थुप्रै रहेको छ । उक्त राप्ती सोनारी गाँउपालिका वडा नं.१ मा वडा अध्यक्ष वलीलाई साथ दिनका लागि निर्वाचित सदस्य टिकाराम बस्नेत संगसंगै छन् । उमेरले ६२ वर्ष पार गरेका सदस्य बस्नेतको पनी २०३३ सालदेखी विपीको पालादेखी नै राजनैतिक क्षेत्रमा होमिएका थिए । विपी कोइराला , गणेशमान शिह लगायत कांग्रेसका नेताहरु आयोजना गरेको विभिन्न कार्यक्रममा स्वयमसेवकको भूमिका निर्वाह गरेका बस्नेत नेपाली कांग्रेसको भातृसंगठन हुँदै क्षेत्रिय प्रतिनिधीमा समेत जिम्मेवारी बहन गरेका थिए । २०७४ सालको स्थानिय तहको निर्वाचनमा ९६५ मत ल्याएर बिजय भएका बस्नेत राप्ती सोनारी गाँउपालिका वडा नं. १ को विकास निर्माण र जनताका समस्यालाई समधान गर्नमा निरन्तर लागि परेका छन् । बस्नेत भन्छन् आफूहरूका लागि संविधानले व्यवस्था गरिदिएकाले नयाँ जिम्मेवारी सम्हाल्ने मौका मिलेको उनको भनाइ छ ।उमेरले ६० काटेपनी सामाजिक सेवा र जनताको दुख सुखमा जनप्रतिनिधी भएर काम गर्न पाउँदा आफूलाई छुट्टै सन्तोष मिलेको बस्नेत बताउँछन् । जनप्रतिनिधि हुनुभन्दा अघि राजनैतिक क्षेत्रमा होमिएकाले जनताका बीचमा गएर काम गर्न कुनै अप्ठ्यारो छैन । ‘यो उमेरमा धेरै काम नगर भन्छन्,’ उनले भने ‘तर आफूलाई पाएको जिम्मेवारी पूर्णरूपले निभाउँ भन्ने उदेश्यले लागि परेको हुँ ।’ राप्तीसोनारी गाँउपालिकामा सामान्य लेखपढ गरेका जनप्रतिनिधिको संख्या भए पनि ज्येष्ठ जनप्रतिनिधि अन्य वडामा पनी छन् र वली र बस्नेतले झँै आफ्नो जिम्मेवारी समालिरहेका छन् । राप्ती सोनारी गाँउपालिका उपाध्यक्ष धनी कुमारी खत्रीले भनिन् वडा अध्यक्ष चन्द्र बहादुर वली र टिका राम बस्नेत संग लामो समयदेखी राजनैतिक क्षेत्रको अनुभव र सामाजिक क्षेत्रमा पु¥याएको योगदान अविस्मरणी रहेको छ । पहिलेदेखि नै इमानदार भएर काम गर्ने जनप्रतिधिनीहरु हुन । ‘मिलेर काम गर्न सक्ने क्षमता उहाँमा छ, । वडा अध्यक्ष वली र बस्नेत उक्त वडामा निर्वाचित भएर आइसकेपछि झोलुङ्गे पूल, शुद्ध खानेपानीको व्यवस्था, सडक सुधार, शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार निर्माण, निकुञ्ज क्षेत्रको आसपासमा तारजाली , सिचाईको व्यवस्थापन, कृषि तथा पशुपालन क्षेत्रको प्रगती लगायत दर्जनौ कामहरु सम्पन्न भएका छन् भने कतिपय योजनाहरु निर्माणधिन रहेका छन् ।

१७ चैत्र २०७७ मा प्रकाशित
Nabintech