बाँकेको कोहलपुरमा सप्ताह व्यापी मनाइएको सहकारी दिवसको कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सहकारी संघ बाँकेको आयोजना भएको सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाएको थियो । सप्ताह व्यापी कार्यक्रम अन्र्तगत भेटौँ सदस्य , रक्तदान कार्यक्रम , सरोकारवालाहरु संग छलफल , पालिका स्तरीय भेला, बाँके जिल्लाभरी रहेका सहकारीका कार्यालयहरुमा नेपालको झण्डा र सहकारी झण्डा राख्ने कार्यक्रम गरिएको थियो । सप्ताहव्यापी रुपमा संचालन भएको रक्तदान कार्यक्रममा ५ सय ५७ पिन्ट रगत संकलन भएको छ । जिल्ला सहकारी संघले यस वर्ष आफ्नो ६४ औँ स्थापना दिवसको अवसरमा ७ दिन सम्म संचालन गरिएका कार्यक्रमको शुक्रवार औपचारिक कार्यक्रम समापन गरिएको छ ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका कृषि सहकारी संघ केन्द्रिय सदस्य देब बहादुर केसीले कृषि सम्वन्धी काम गर्दै आइरहेको सहकारीहरुलाई प्रोत्साहन गर्ने र केन्द्रले गर्नुपर्ने सहयोगमा आफुले निरन्तर लागि पर्ने बताएका छन् ।
लुम्बिनी प्रदेशका सहकारी संघका अध्यक्ष एवं जिल्ला सहकारी संघ र बाँकेका अध्यक्ष प्रेम सुबेदीले आफ्नो स्थापना दिनको अवसरमा सप्ताहव्यापी भएका कार्यक्रमहरु भव्य रुपमा सम्पन्न गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेहरुलाई धन्यवाद दिएका थिए । साथै सामाजिक परिवर्तन संगै आर्थिक परिवर्तनमा र मानविय सहयोगमा समेत सहकारी संस्थाहरु जुट्दै गएको बताए । त्यस्तै कार्यक्रममा बोल्दै कृषि सहकारी संघ बाँकेकी अध्यक्ष एकता शाहले बाँके जिल्लामा आवद्ध सहकारी संस्थाहरुले शेयर सदस्यहरुलाई आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै जाने बताइन् । समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष मिना सिग्देलले सहकारी संघले आगामी दिनमा एकरुपताका साथ अगाडी बढनुपर्ने बताइन् ।साथै रक्तदान कार्यक्रममा सबैभन्दा बढि रारा बहुउदेश्यीय सहकारी संस्था कोहलपुर प्रथम, कालिका बहुउदेश्यीय सहकारी संस्था खजुरा दोश्रो र सुनगाभा स्वास्थ्य बचत तथा ऋण सहकारी संस्था लि. नेपालगञ्ज तृतिय भएका थिए भने करिब १सय २० बढि सहकारीहरु उपस्थित भएका थिए । साथै समापन कार्यक्रम प्रकृति अनुसारका सहकारीले गरेका कामहरुलाई जिल्ला सहकारी संघले कर्मचारीदेखी सहकारीलाई सम्मान गरेको थियो । साथै कार्यक्रम जिल्ला सहकारी संघका व्यवस्थापक नवराज रिजालले संचालन गरेका थिए ।
सहकारी प्रशिक्षालयले सुरु ग¥यो वेबसाईट
सहकारी प्रशिक्षालय नेपालगन्ज बाँकेले ६४ औं सहकारी दिवसको अवसर पारेर आफ्नो विभिन्न सेवा सहितको वेबसाईटको सुभारम्भ गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले नेपालगन्जमा आयोजित एक कार्यक्रमका बिच वेबसाईटको शुभारम्भ गरेका हुन् । सहकारी प्रशिक्षालय नेपालगन्ज बाँकेको अफिसियल वेबसाईट www. ctcbanke .gov .np को सुचारु गरिए संगै प्रशिक्षार्थीले अनलाइनबाट नै सहकारी ऐन नियम संगै तालिम समेतको सुचना प्राप्त गर्न सकिने सहकारी प्रशिक्षालयका निमित्त प्रमुख तथा कार्यक्रमका अध्यक्ष दिल कुमार वलिले बताएका छन् ।त्यस्तै सहकारी प्रशिक्षालयको वेबसाईटमा कार्यालयले दिने सेवा संगै तालिम तथा कहिले तालिम खुल्ने छ त्यसको जानकारी संगै विभिन्न सुचनाहरु प्राप्त गर्न सकिने बताइएको छ । मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका साथ ६४ औं राष्ट्रिय सहकारी दिवस मनाउने क्रममा विभिन्न कार्यक्रममा बनेका विजेताहरुलाई समेत नगत सहित पुरस्कार बितरण गरिएको थियो । कार्यक्रममा विशिस्ट अतिथी प्रेम प्रसाद सुबेदी, तालिम कार्यक्रम सहजीकरण जिवानन्द ढुंगाना, तालिम संयोजक विश्वलाल खड्का लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन सहकारी फोकल पर्सन प्रसाराम भुसालले गरेका थिए ।