राप्तीसोनारी खानेपानी महासंघको अध्यक्षमा उपाध्याय

पिपलबाेट संवाददाता


एक घर एक धारा शुद्ध खानेपानीको अवधारणा भन्ने मूल नाराका साथ गाँउपालिका स्तरीय राप्तीसोनारी खानेपानी महासंघको प्रथम अधिवेशन सम्पन्न भएको छ । संघले शुक्रवार आयोजना गरेको प्रथम अधिवेशनमा बोल्दै प्रमुख अतिथी समेत रहेकी राप्तीसोनारी गाँउपालिका उपाध्यक्ष धनी कुमारी खत्रीले राप्तीसोनारी गाँउपालिकामा निमार्ण भएका खानेपानी उपभोक्ता संस्थानले शुद्ध खानेपानी उपलव्ध गराएतापनी अझैँ सबै नागरिकहरुको घरदैलोमा खानेपानी पु¥याउनका लागि गाँउपालिकाले विभिन्न संघसंस्था र खानेपानी डिभिजन कार्यालय बाँके संग सम्वन्य गरिरहेको बताइन् ।

गाँउपालिको मात्र आम नागरिकहरुलाई स्वस्थ्य पिउने पानीको व्यवस्थापनका लागि निरन्तर प्रयास भइरहेको समेत बताइ्न । उक्त कार्यक्रममा बोल्दै जिल्ला खानेपानी राप्तीसोनारी गाँउपालिका वडा नंं ८ का वडा अध्यक्ष खुम बहादुर बस्नेतले आफ्नो वडाका नागरिकहरुलाई शुद्ध पिउनेपानीको लागी हरेक वर्ष भौतिक पूर्वाधार मर्मत सम्भारका लागि सक्दो बजेट सहयोग भइरहेको र आगामी दिनमा वडाबाट गर्नुपर्ने सम्पूर्ण सहयोग निरन्तरतामा आफु प्रतिवद्ध भएको बताए । त्यस्तै अधिवेशन कार्यक्रममा बोल्दै जिल्ला खानेपानी महासंघका उपाध्यक्ष भद्र प्रसाद सुवेदीले आम नागरिकहरु अहिले पनि शुद्ध पिउने पानीको अभाव रहेको र यस विषयमा राज्यले समेत विशेष निति तथा कार्यक्रमहरु ल्याउनुपर्ने बताए । कार्यक्रममा बोल्दै खानेपानी महासंघ बाँकेका कोषाअध्यक्ष याम बहादुर रावतले संघले हरेक पालिकामा शुद्ध पिउने पानीका लागि आम नागरिकहरुलाई सचेत गराउदैँ , राप्तीसोनारी गाँउपालिका भित्र खानेपानीका लागी निर्माण हुने नयाँ पूर्वाधारका लागि आफुले गर्ने बताएका छन् ।

साथै राप्तीसोनारी गाँउपालिका वडा नं. ८ मा सम्पन्न भएको पालिका स्तरीय खानेपानी महासंघको प्रथम अधिवेशनबाट शिरधर उपाध्याय सर्वसहमत अध्यक्षमा चयन भएका हुन । त्यस्तै उपाध्यक्षमा नरमला देवकोटा,सचिवमा पार्वती कुमारी खड्का, सहसचिवमा झम्पा गौतम ,कोषाअध्यक्ष पदमा मेघराज उपाध्याय सदस्य पदहरुमा दिर्घबहादुर बुढाथोकी,भुप्रेन्द वली, थमन भण्डारी,सिता वि.क. सर्वसहमत चयन भएका हुन । राप्तीसोनारी गाँउपालिका भित्र ११ वटा ठूला खानेपानी संस्थाहरु रहेका छन् भने करिब २५ सय उपभोक्ताहरु उक्त खानेपानीबाट लाभान्वित भएका छन् ।

२० चैत्र २०७७ मा प्रकाशित
Nabintech