विपन्न मुस्लिम समुदायको आर्यआर्जन कार्यक्रममा पहिलो प्राथमिकता जनप्रतिनिधी

कोहलपुर नगरपालिका वडा नं. ४ को बाख्रा काण्ड.....


पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकाले वडा नं. ४ मा गत आर्थिक वर्ष २०७६।०७७ मा मुस्लिम समुदायको आयस्तर सुधारका लागि नगरपालिकाले १ लाख ५० हजार रकम बिनियोजित गरेको थियो । आर्थिक रुपमा पछाडीपरेका मुस्लिम समुदायहरुको आयस्तरमा सहयोग पु¥याउने लक्ष्यले वडा कार्यालयले बाख्रा खरिद गरेको हो । जनप्रतिनिधी र कर्मचारीको मिलेमतोमा उक्त खरिद गरिएका बाख्राहरु जनप्रतिनिधीले नै लिएको रहस्य खुलेको छ । कोहलपुर नगरपालिका वडा नं. ४ का वडा सदस्य लड्न जाँगाले आफुले नै लिएको पाइएको छ । नगरपालिकाले छुटाइएको विभिन्न शिर्षकमा जनप्रतिनिधीहरुले मनोमानी रुपमा उपभोग गर्दै आएका छन् । यस विषयमा कोहलपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष तिर्थराम थारुलाई बुझ्दा आफुलाई यस कार्यक्रमको बारेमा कुनै जानकारी नभएको बताएका छन् । वडा सदस्य लड्न जागालाई बुझ्दा आफूले नलिएको दाबी गरेका छन् । तर उनकै वडाबासी कोहलपुर नगरपालिका वडा नं. ४ का सफिक अलि खाँ का अनुसार वडामा आएका सम्पूर्ण सुविद्याहरु पहिले आफूलाई छुटाउने र बाँकी रहेको वितरण गर्ने क्रियाकलाप भइरहेको बताउँछन् । वडाकार्यालयले करिब २० वटा बाख्रा खरिद गरिएको जानकारी दिएपनी १२ जनालाई मात्र बाख्रा वितरण गरिएको श्रोत बताउँछ । यता उन्नत जातको बाख्रा दर्ता भएको फर्मबाट खरिद गर्नुपर्ने थियो तर जनप्रतिनिधी बाख्रा खरिदका लागि वडा मेराजुदिन जागाले(सुरुज जागा) खरिद गरेको वडा कार्यालय बताउँछ । तर आर्थिक वर्ष २०७६।०७७ को महालेखाको प्रतिवेदनमा समेत उक्त बाख्रा खरिद नियम कानुन विपरित खरिद गएको प्रष्ट उल्लेख गरेको छ । हाल सम्म कोहलपुर नगरपालिका वडा नं. ४ मा कुन शिर्षकमा कति रकम आउँछ र कहाँ खर्च हुन्छ भन्ने विषयमा त्यहाँका नागरिकहरु अन्योलमा परेका छन् । हरेक वर्ष बिनियोजित हुने विभिन्न शिर्षकका रकमहरु रकमान्तरण गरी आफ्ना कार्यकर्तालाई पालनपोषणमा लागी परेको नाम नबताउने शर्तमा कोहलपुर नगरपालिका वडा नं. ४ कै एक स्थानिय बासीले बताइन । अहिले उक्त मुस्लिम समुदायमा वितरण गरिएका बाख्राहरु २ देखी ३ जना कृषकहरु संग मात्र सिमित देखिएको छ । कमिशनको भरमा जनप्रतिनिधी र कर्मचारीको मिलेमतोका कारण आर्यआजन तथा व्यवसायिक मूलक रुपमा लागीरहेका कृषकहरु उक्त सेवाबाट बञ्चित भएका हुन ।

कोहलपुर नगरपालिका वडा नं. ४ उदाहरण मात्र हो अन्य वडाहरुमा पनि हरेक वर्ष बिनियोजित हुने बजेटका बारेमा चौमासिक रुपमा सार्वजनिक सुनवाई वडा स्तरमा आयोजना नहुने पाइएको छ । भने कोहलपुर नगरपालिकाले समेत चौमासिक रुपमा सार्वजनिक सुनुवाई गर्न सकेको छैन ।  लक्षित वर्गका लागि वडा स्तरमा बजेट बिनियोजित गर्ने र जनप्रतितिधी र कर्मचारीको मिलेमतोमा बिल भरपाई मिलाएर लाखौँ रकम हिनामिना गर्ने प्रचलन चलिरहेको छ ।

२० चैत्र २०७७ मा प्रकाशित
Nabintech