राप्तीसोनारी गाँउपालिका वडा नं. ८ को नव निर्माणधिन वडा कार्यालयको उद्घाटन गरिएको छ । सोमबार औपाचारिक कार्यक्रमका बिच उक्त वडा कार्यालयको भवन उद्घाटन गरिएको हो । राप्तीसोनारी गाँउपालिका अध्यक्ष लाहुराम थारुले भवन उद्घाटन कार्यक्रममा बोल्दै राप्तीसोनारी गाँउपालिकाका विभिन्न वडाहरुमा सेवाग्राहीलाई सहज रुपमा सेवा दिनका लागि भौतिक पूर्वाधार निर्माणको तिव्र गति लिएको बताएका छन् । साथै अध्यक्ष थारुले वडा नं. ८ का जनताले छिटो र छरितो रुपमा सेवा पाइरहेको बताए । यस्तै कार्यक्रममा बोल्दै राप्तीसोनारी गाँउपालिका उपाध्यक्ष धनी कुमारी खत्रीले वडा कार्यालयको भवन निर्माणको कार्य तिव्र गतीमा सम्पन्न भएकोले अन्य वडाहरुमा पनि भौतिक पूर्वाधारका कामहरु धमाधम भइरहेको बताइ्न । साथै कार्यक्रममा बोल्दै राप्तीसोनारी गाँउपालिका वडा नं. ८ का वडा अध्यक्ष खुम बहादुर बस्नेतले साविक वडामा भएको भवन जिर्ण रहेकाले नवनिर्माण भएको भवनबाट जनतालाई सहज रुपमा सेवा प्रदानमा आफ्नो निरन्तर प्रयास भइरहेको बताए । साथै उनले आफ्नो वडाको विकासका लागि रात दिन नभनी लागी परेको समेत बताएका छन् ।
निर्वाचनको सयमा स्थानीय स्तरमा घरदैलोमा भोट माग्दै गर्दा जनताको बिचमा गरिएका प्रतिवद्धताहरु कच्ची बाटाहरु ग्रावेल,ग्रेवल बाटाहरु कालोपत्रे,गाउँघर मै स्वास्थ्य चौकी,पानी जम्ने ठाउँमा ढल निकास,गाउँघर मै हाटबजार,स्थानीय स्तरमै सर्पदंश उपचार केन्द्र , एम्बुलेन्स सेवा,विभिन्न ठाउँमा कलभर्ट हरु,महिला शसक्तिकरण तालिम,विभिन्न कृषि बीउबिजन का कार्यक्रम हरु,कृषि तालिमहरु,स्वच्छ खाने पानी, गुणस्तरीय शिक्षा, बिद्यालय हरुमा स्वच्छ खाने पानी,बाँझा खेत खेतियोग्य बनाउन सिचाई गर्न डिकबोर्डीङहरु, स्थानिय स्तरमा रोजगारी सिर्जना गर्न भिन्न किसिमका सीप मुलक तालिमहरु,युवा लक्षित खेलकुद कार्यकम हरु, जेष्ठ नागरिक मिलन केन्द्र, जेष्ठनागरिक सम्मान कार्यकम हरु, चर्च मर्मत सम्भार, होमस्टेमा सभा हल, बाढी, डुबान, कोरोना कहर जस्ता विपतको सामना झेल्दै गर्दा पनि जनताका समस्याहरु समधान गर्दै आएको अध्यक्ष बस्नेत बताउँछन् ।नव निर्मित भवन उद्घाटन कार्यक्रममा वृहत सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भएको थियो ।
जनतालाई वडा कार्यालयबाट दिनुपर्ने सेवा सुविद्यामा सहज दिने उदेश्यका साथ २०७६ जेष्ठ २४ गते उक्त भवनको सिलन्यास गरिएको थियो । राप्तीसोनारी गाँउपालिकाको विकास निर्माण देखी हरेक क्षेत्रमा गति लिएको वडा मध्ये वडा नं. ८ लाई मानिएको छ ।