कोहलपुरमा झडप दुई दर्जन बढि घाइते

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिका वडा नं.४ को बेलनपुरमा झडप भएको हो । शुक्रवार दिउँसो भएको झडपमा बेलनपुरबासीहरु बीच दोहोरा झडप भएको थियो । नूरी जामा मस्जिद इद्गाह बाबा मजार संरक्षण समिती र सुनिनरी जाँमा मस्जिद बाबा संरक्षण समिती बीच झडप हुँदा २ दर्जन बढि घाइते भएका हुन । नुरी जामा मस्जिदले उपभोग गर्दै आएको जग्गाको बिबादका कारण केही दिन अगाडी देखी उक्त समुदाय बिच बिबाद हुँदै आएको थियो । शुक्रवार करिब १ घण्टा सम्म भएको झडपमा सुरक्षाकर्मीहरु समेत घाइते भएका छन् । पूरानो संरक्षण समिती हुँदा हुँदै एकाएक अर्को नयाँ संस्था दर्ताले अहिले बेलनपुबासीहरुलाई दैनिक झगडा र घटनाको ठूलो रुप लिदै गएको छ । उच्च अदालतले उक्त बिबादित जग्गाको फैसला गरिदिएपनी घटनाको रुप भने दिनप्र्रतिदिन बढिरहेकोछ ।

झडपमा परि कोहलपुर नगरपालिका वडा नं.४ बेलनपुरका जाजिम खाँ बाइकमा हिडिरहेको बेला दोहोरो झडपमा पनी सामान्य घाइते भएका थिए भने उनको पकेटमा रहेको मोवाइलमा ढुङ्गाले लाग्दा शरिरमै आगो समेत लागेको थियो । यस्तो अप्रिय घटना घटिरहदा पनी प्रहरी प्रशासनले आफ्नो भूमिका भने कमै खेलेको थियो । स्थानियबासीहरुको दुबै तर्फको आक्रोसलाई शान्त पार्नका लागि प्रहरीले २ पटक सम्म असुर ग्यास समेत छोडेको थियो । अहिले उक्त क्षेत्र सामान्य नभइरहेको अवस्था छ । घाइतेहुनेहरुमा खलिल खाँ,सेर खाँ,मोहमत ताजिव बेडुवा, फूलजाहा खाँ , सफिककुन खाँ सलिना खाँ , जागिर खाँ, मोहमत यारुप जागा , सदाम हुसेन जागा,नैनुन जागा,रैहाजुदिन जागा रहेका छन् भने कोहलपुर नगरपालिका वडा नं. ४ वडा सदस्य सुरत जागा पनि घाइते भएका छन् । शुक्रवार मुस्लिम समुदायको नबाज पढ्ने दिन भएकोले उक्त नबाजका लागि सुरक्षाको कडा व्यवस्थापनका बीच दोहोरो झडप हुन पुगेको हो ।

 

२७ चैत्र २०७७ मा प्रकाशित
Nabintech