राष्ट्रिय प्रजातन्त्र पार्टी बाँके, अग्नी पिडितलाई राहत लिएर नरैनापुर पुग्यो

पूर्वमन्त्री भण्डारी भन्छन् अग्नी पिडितलाई आवासको व्यवस्थापनमा जोड देउ


पिपलबाेट संवाददाता


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाँकेले नरैनापुर गाउँपालिका–४, खोदवाका अग्नी पिडीतलाई शनिवार राहत वितरण गरेको छ ।
नरैनापुर गाउँपालिकामा राहत वितरण कार्यक्रम बीच अग्नी पिडीतहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाँकेले १ लाख ३१ हजार बराबरको राहत सामग्री वितरण गरिएको राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा)बाँकेका कोषाअध्यक्ष एवं अग्नी पिडित राहत सहयोग समितीका संयोजक याम बहादुर रावतले जानकारी दिए । सो अवसरमा पुर्ण रूपमा घरबार क्षति भएका ७४ घर परिवारलाई चामल, पिठो,तेल लगायतका सामग्री वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य प्रेम बहादुर भण्डारीले अग्नी पिडितका लागि सरकारले तत्काल आवासको व्यवस्थापन गर्नुपर्ने बताएका छन् । साथै पूर्व मन्त्री भण्डारीले राहतका सामग्रीहरुले मात्र अग्नी पिडितको समस्या समाधान नहुने सरकारले तत्काल आवासको व्यवस्थापनका लागि पहल कदमी गर्नुपर्ने बताएका छन् ।
उक्त अग्नी पिडितका लागि राहत वितरण कार्यक्रममा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेका प्रवक्ता श्रीधर सुवेदीले अग्नी पिडितहरुलाई आफ्नो पार्टीले सक्दो राहत सामग्री सहयोग गरिएको र आवश्यक परेको खण्डमा आफ्नो पार्टीको तर्फबाट सहयोग जारी रहने बताएका छन् ।
उक्त राहत वितरण कार्यक्रममा राप्रपाका केन्द्रिय कार्य सम्पादन समिती सदस्य हिक्मत ढकाल, केन्द्रिय सदस्य दिपक मल्ल,केन्द्रिय सदस्य ऋषिराज देवकोटा,केन्द्रिय सदस्य गौरव चन्द्र,जिल्ला अध्यक्ष नरेन्द्र कुमार पौडेल,राप्रपाका जिल्ला सदस्य अर्जुन जंग शाह, लाल बहादुर वली,कोहलपुरका नगर कार्य समितीका अध्यक्ष सरिता शाही ,महिला संगठन कि केन्द्रिय सदस्य लक्ष्मी हमाल, मेनुका आर्चाय, टे«ड युनियनका नगरअध्यक्ष प्रमात कुमार श्रेष्ठ, क्षेत्र नं.२का क्षेत्रिय अध्यक्ष दिपेन्द्र सिंह, जिल्ला सदस्य देवेन्द्र कुमार पौडेल लगायतको सहभागितामा अग्नी पीडितहरूलाई राहत सामग्री उपलब्ध गराइएको हो । राहत सामग्री बुझ्दै नरैनापुर गाँउपालिका वडा नं. ४ खोदवाका अग्नी पिडित आजात खाँले आफुहरुलाई सबै क्षेत्रबाट राहतका सामग्रीहरु उपलव्ध भएको तर खाना पकाउनका लागी आवश्यक सामग्रीहरु सबै जलेर नष्ट भएकाले खाना पकाउने सामग्रीहरु अभाव भएको बताए । राहत सामग्री उपलब्ध गराएकोमा अग्नी पिडितहरुले राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा) लाई धन्यवाद व्यक्त गर्दै आफ्ना समस्याहरु राखेका थिए । चैत्र २२ गते दिउँसो २ बजे उक्त नरैनापुर ४ खोदवाका ६९ घर पूर्ण रुपमा जलेका थिए भने ६ घर आंशिक रुपमा जलेका थिए ३७ गोठ, १ मोटरसाइकल, ६ घरको खाद्यन्न समेत जलेर नष्ट भएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले यसभन्दा पहिले पनी विपद्को समयमा परेका पिडितहरुलाई सहयोग गर्दै आएको छ ।

राप्रपाको नेतृत्वमा बगौडाको सिमाना निरिक्षण
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाँकेले शनिवार नरैनापुरको बगौडाको सिमा नाका निरिक्षण गरेको छ । पूर्वमन्त्री प्रेम बहादुर भण्डारीको नेतृत्वमा नरैनापुरको बगौडाको सिमानाकामा शान्तिसुरक्षा, र सिमानाकामा केकस्ता समस्याहरु भइरहेका छन् भन्ने विषयमा शान्तिसुरक्षामा खटिएका नेपाल शसस्त्र प्रहरी वल, नेपाल प्रहरी संग जानकारी लिएको थियो । सडक विस्तार र विद्युत विस्तारपछी अहिले उक्त बगौडा क्षेत्रमा चोरीचकारी , लुटपाट,बन्यजन्तुको सिकारको समस्यामा धेरै सुधार हुँदै आएको इलाका प्रहरी कार्यालय भगवानपुर बगौडाले बताएको छ

 

 

 

 

२८ चैत्र २०७७ मा प्रकाशित
Nabintech