टिकटक बनाउन कर्णालीमा हाम फालेका सन्जय बेपत्ता

पिपलबाेट संवाददाता


कर्णाली नदीमा एक जना किशोर बेपत्ता भएका छन्। टिकटक बनाउन कर्णाली पुलबाट हाम फालेका  ति किशोर बेपत्ता भएका हुन् ।कैलालीको लम्किचुहा नगरपालिका र २ का १८ वर्षिय सञ्जय खड्का कर्णाली नदीमा शनिबारदेखि बेपत्ता भएका हुन् । उनले शनिबार दिउँसो  कर्णाली पुलबाट हाम फालेपछि  बेपत्ता भए भएको जिल्ला प्रहरी  कैलालीले जानकारी दिएको  छ। बेपत्ता किशोरको  नको खोजी कार्य जारी रहेको प्रहरीले जानकरी दिएको छ।  सञ्जय खड्कासंगै कर्णालीमा हाम फालेका १८ वर्षिय लोकेश प्याकुरेलको छातीमा चोट लागेर गम्भीर घाइते भएका छन्। लम्किचुहा नगरपालिका वडा नम्बर १ का प्याकुरेलको नेपालगन्जमा उपचार भइरहेको छ ।अर्का  १७ वर्षिय बिरेन्द्र सिँह भने सकुसल छन्।  उनीहरु सबै एकै विद्यालयका कक्षा १० का विद्यार्थी हुन्। शनिबार ८ जनाको समूहमा चिसापानीमा नुहाउन गएको प्रहरीले जानकारी दिएको  छ।यस भन्दा पहिलेपनी टिकटक बनाउन खोज्दा अकालमा युवायुवतीले ज्यान गुमाएका छन् ।

२९ चैत्र २०७७ मा प्रकाशित
Nabintech