कोहलपुरमा स्यानेको काठ्ठी रोलले धमाका मञ्चाउदै

पिपलबाेट संवाददाता


सलभ जंग शाह उमेरले २३ वर्षका युवा, स्वदेशमै कर्म गर्नुपर्छ भन्ने भावना बोकेका युवामध्ये एक व्यक्ति हुन । शाहले कोहलपुर नगरपालिका वडा नं.११ दशविगाहमा स्यानको काठ्ठी रोल उद्घाटन गरेका छन् । फागुन २१ गतेदेखी कोहलपुर नगरपालिका वडा नं.११ दशविगाह देखी व्यवसाय क्षेत्रमा युवाहरुको छुट्टै पहिचान बनाउने उदेश्यका साथ खोलिएको स्यानको काठ्ठी रोल ग्राहकहरुले खाजाको रुपमा खाने गर्दछन् । नेपालभरी ४० वटा शाखा रहेको उक्त स्यानाको काठ्ठी रोल आफु काठमाडौँमा पढ्दै गर्दा खाजा खाने क्रममा आफुले कोहलपुरमा नयाँ आइटम शुरुवात गरेर सेवाग्राहीलाई सेवा दिने सोच बनाए । दैनिक रुपमा खाजा खान जाने क्रममा स्यानको काठ्ठी रोल(खाजा) निकै चलेको र सेवागाहीले पनी उतिकै मन पराएकोले विदेश जानुभन्दा स्वदेशमै आफूले अन्य बेरोजार भएका युवाहरु रोजगार दिने लक्ष्य लिए । बि.एड अध्ययन गरेका शाह कम्प्युटर आइटी पनी अध्ययन गरेका छन् ।

अध्ययनका शिलसिलामा भएको अनुभवले आफुलाई व्यवसायी क्षेत्रमा तानेको शाह बताउँछन् । २/३ वर्षसम्म आफुले खाजाको रुपमा प्रयोग गर्दै आएको स्यानको काठ्ठीरोल अहिले कोहलपुर क्षेत्रमा सेवाग्राहीको रोजाईमा परेको छ । बार्षिक १० करोड भन्दा बढि आम्दानी गर्न सफल भएको स्यानको काठ्ठी रोल प्रा.लि. र ए.यस. फूड प्रालि मार्फत सम्झौता भई कोहलपुर क्षेत्रमा शाखा विस्तार भएको हो । शाह भन्छन्, व्यवसाय क्षेत्रको लागि कोहलपुरमा खाजाको लागी नयाँ आइटम हो ग्राहकहरुले राम्रो प्रतिक्रिया दिनुभएको छ, गुणस्तरीय खाजाका लागि स्यानको काठ्ठी रोल सबै सेवाग्राहीको मन पराएका छन् कतिपय सेवाग्राहीले घरमै अर्डर गर्नुहुन्छ र निशुल्क रुपमा होमडेलिभरी समेत गरेका छौँ । उनले भने, सयौँ युवाहरु कामको खोजीमा विदेश जानुपर्ने बाध्यता रहेको छ तर आफ्नै देशमा पौरख गर्नका लागि थुप्रै आम्दानीको श्रोतहरु रहेको शाह बताउँछन् । अहिले शाहको ए.एस. फूड प्रालि मार्फत संचालन भएको स्यानको काठ्ठी रोलमा ५ जना युवाहरुले प्रत्येक्ष रोजगारी पाएका छन् । १६ वर्षको उमेरमा स्यानको काठ्ठी रोल बनाउने सफल कुकको रुपमा परिचित बनाएका उदयपुरका खजिन मगर स्यानको काठ्ठी रोल बनाउन उनि दक्ष छन् । काठमाण्डौमा रहेको स्यानको काठ्ठी रोलको शाखामा ४ वर्षदेखी सीप सिकेर शाहको कुक भएर अहिले कोहलपुर शाखामा उनी आएका हुन । ग्राहकको चाहाना अनुसार ३ दर्जन भढी आइटमहरु बनाउन सकिने मगरको भनाई रहेको छ । मासिक ३० हजार आफ्नो पारिश्रमिक बताउने कुक खजिन मगर आफुसंग भएको सीपलाई अन्य साथीभाईहरुलाई समेत सिकाउने कोसिस गरिरहेका छन् । उमेरले कलिलो युवा खनिज भन्छन् छोटो समयमै आफुले सीप सिकेर राम्रो आम्दानी गर्न सफल भएको र आफुले बनाएको स्यानको काठ्ठी रोल सबैको रोजाईमा परेको उनको भनाई छ । कोहलपुर क्षेत्रमा स्यानको काठ्ठी रोल (खाजा) आवश्यक भएको खण्डमा दशविगाहको पूर्वगेटमा शाखा रहेको शाहले बताए ।

 

 

 

३० चैत्र २०७७ मा प्रकाशित
Nabintech