कोहलपुर काँग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम हुने

पिपलबाेट संवाददाता


नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिको आयोजनामा नव वर्ष २०७८ सालको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना हुने भएको छ । काँग्रेसले नव वर्ष २०७८ र मुस्लिम धर्मालम्बि महान चाड रमजानको अवसर शुभकामना आदानप्रदान कार्यक्रमको आयोजन गर्न लागेको छ । कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महत लगायतका नेताहरुले सहभागिता जनाउने नेपाली काँग्रेस कोहलपुर नगर सचिव भुम बहादुर भण्डारीले जानकारी दिएका छन् । सो कार्यक्रममा बिहीबार (भोलि) बिहान ११ बजे न्यूरोडमा हुने सचिव भण्डारीले जानकारी दिएकाछन् । कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण वडा कार्य समिति, जनप्रतिनिधि र पार्टी शुभेच्छुक एवम् नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुलाई अनुरोध गरेका छन् ।

१ बैशाख २०७८ मा प्रकाशित
Nabintech