सुवेदी कल्याण प्रतिष्ठानको अधिवेशन हुने

पिपलबाेट संवाददाता


कोहलपुर÷सुवेदी कल्याण प्रतिष्ठान बाँकेको पाचौँ अधिवेशन शनिबार हुने भएको छ । प्रतिष्ठानको पाचौँ साधारण सभाका लागि आयोजक समिती आफ्नो भव्य तयारी गरिरहेको छ । करिब ६७ जिल्लामा सुबेदी कल्याण प्रतिष्ठानका शाखा रहेको छन् । बाँके जिल्ला २ सय ५० बढि सदस्यहरु रहेको उक्त प्रतिष्ठानले विशेषगरी सामाजिक सेवामा कामहरु गर्दै आइरहेको सुबेदी कल्याण प्रतिष्ठान, बाँके जिल्लाका उपाध्यक्ष यज्ञ प्रसाद सुबेदीले जानकारी दिए । बाँकेमा संस्था स्थापनाकाल देखी निरन्तर सामाजिक सेवाका कामहरु गर्दै आइरहेको र आगामी दिनमा वार्षिक रुपमा गरिनुपर्ने कामहरुका बारेमा वृहत योजना बनाएर अगाडी बढ्ने उपाध्यक्ष सुबेदीले बताए । सुबेदी कल्याण प्रतिष्ठान बाँकेको पाचौँ अधिवेशनबाट नयाँ कार्यसमिती समेत शनिवार चयन हुनेछ ।

३ बैशाख २०७८ मा प्रकाशित
Nabintech