बाँकेको कोहलपुर नगरपालिका वडा नं.१३ रुइनिखोलामा बस दुर्घटना भएको छ । सुर्खेत देखी धरान जाँदै गरेको ने.१ ख ३३४७ नम्बरको बस र अनटेष्ट टिप्पर एक आपसमा ठोकिँदा ४० जना भन्दा बढि गम्भिर घाइते भएका छन् । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ भने गाडीमा कति जना सवार थिए भन्ने एकिन भइसकेको छैनन् । अहिले मउक्त घटना भएको क्षेत्रमा उद्धार कार्य जारी रहेको छ ।
३ बैशाख २०७८ मा प्रकाशित