ज्ञानोदय सामुदायिक पुस्तकालयद्धारा पुस्तक ग्रहण तथा सम्मान कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोतकेन्द्र कोहलपुरले पुस्तक ग्रहण तथा बधाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
पुस्तकालयले कोहलपुर उद्योग बाणिज्य संघमा निर्वाचित कार्यसमिति, कोहलपुर क्रिसामा निर्वाचित कार्यसमिति ,बाँके जिल्लाबाट नेपाल पत्रकार महासंघ लुम्विनि प्रदेशमा निर्वाचित कार्य समितिका उपाध्यक्ष शुक्रऋसी चौलागाई ,सचिव शिव सुनार , महिला सदस्य सरला सुवेदि , सदस्य मो.आरिफ अनसारी, सामुदायिक रेडियो प्रसारक संघ केन्द्रिय सदस्य हेमन्त विक र नेपाल पत्रकार महासंघ बाँके जिल्लामा निर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ ।


सम्मान कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका प्रमुख लुट वहादुर रावतले ज्ञानोदय सामुदायिक प्स्तकालय सवैको साझा पुस्तकालय भएकाले यसलाई सवैले सहयोग गनु पर्ने वताए । उनले सवैलाई एकै समयमा सम्मान गर्ने पाएकोमा खुसि व्यक्त गरे । पुन आएको कोरोनाका कारण सवै क्षेत्र अस्त व्यस्त भएकाले यसका विरुद्ध सवै एक भएर लाग्नु पर्ने वताए । पहिला जिवन अनि मात्र अरु काम हुने भएकाले सवैलाई सचेत हुनु पर्ने वताए । यस्तै कार्यक्रमा सामुदायिक पुस्तकामलयका केन्द्रिय उपाध्यक्ष जयश्वर पौडेलले ज्ञानोदय सामुदायिक पुस्तकालयलाई पश्चिम नेपालको नमुना पुस्तकालय वनाउन स्थानिय सरकारको सहयोगको आवश्यकता रहेको वताए ।

पुस्तकालयले सवै क्षेत्रको ज्ञानको विकास गर्ने मद्दत गर्ने वताए । कार्यक्रमा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा सम्मानित व्यक्तिव लक्ष्मण राज पौडेलले ज्ञानोदय सामुदायिक पुस्तकालय संग सहकार्य गरेर सामाजिक कार्यमा आफुहरु लाग्न तयार रहेको वताए । यस्तै नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष दामोदर भण्डारीले आफनो नेतृत्वमा आएको महासंघको नया कार्यसमितिले पत्रकारको क्षमता विकास तथा सवै पक्ष संघ सहकार्य गरेर काम गर्ने वताए । पत्रकारीतामा देखिएको केहि गलत कार्यको नियन्त्रण गर्ने वताए । यस्तै कार्यक्रमा नेपाल पत्रकार महासंघ लुम्विनि प्रदेश उपाध्यक्ष शुक्रऋसी चौलागाईले पत्रकारहरुलाई समाजले दिएको यो सम्मान आफुहरुले पालना गर्ने वताए । पत्रकारीतालाई सवैको पहुचमा वनाउनल आफुहरु लाग्ने वताए । सवै क्षेत्र संग सहकार्य गरेर आगामि दिनमा अगाडि वढ्ने वताए ।

नेपाल रेडक्रस उपशाखा कोहलपुरका अध्यक्ष नारायण प्रसाद गौडेलले कोहलपुर मा रहेको एक मात्र सामुदायिक पुस्तकालयको विकासको लागी स्थानिय निकार्यले ध्यान दिनु पर्ने वताए । कोरोनाका कारण बाँके जिल्ला उच्च जोखिममा रहेकोले यस तर्फ सवै सचेत हुनु पर्ने वताए । क्रिसा कोहलपुरका अध्यक्ष दिनेश सिग्देलले कोहलपुरलाई शैक्षिक नगरिको रुपमा विकास गर्नेकोलागी स्थानिय सरकारले निजि क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्नु पर्ने वताए । अव सवै सामाजिक क्षेत्रमा यूवाहरुको नेतृत्व अहिलेको आवश्यकता रहेको वताए । देश विकासको लागी यूवा नेतृत्व आजको आवश्यकता भएको वताए यूवाले मात्र देशको विकास गर्ने सक्ने दावि गरे

यस्तै सोहि कार्यक्रमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोतकेन्द्र कोहलपुरलाई लाइन्स क्लव काठमाण्डौ र प्रजातन्त्र र विकास संस्थाले पुस्तक हस्तान्तण गरेका छन् । लाइन्स क्लव काठमाण्डौले एक सय वढि पुस्तक हस्तान्त्रण गरेको छ । पुस्तक हस्तान्त्रण गदै क्लवका अध्यक्ष शुष्मा राईले वाल बालिकाहरुको शैक्षिक विकासको लागी विभिन्न किसिमका पुस्तक सामुदायिक पुस्तकालयलाई वितरण गरेको वताईन । पुस्तक हस्तान्तण गर्दै प्रजातन्त्र र विकास संस्थाकाकी बाके प्रमुख भारति खनालले आफुहरुले बाँके जिल्लाका विभिन्न सामुदायिक विद्यालयहरुका नानीहरुलाई छात्रवृति दिदै आएको वताईन ।

उनले यस शैक्षिक सत्रमा ७० जना नानिहरुलाई शैक्षिक छात्रवृति दिई विद्यालय पठाई रहेको वताईन । कक्षा एक देखि बाह्र कक्षा सम्मका नानिहरुलाई सहयोग गर्दै आएको वताईन तिनि नानिहरुको लागी सहयोग हुने भन्दै आफुहरुले सामुदायिक पुस्तकालयलाई पुस्तक हस्तान्तण गरेको वताईन । प्रजातन्त्र र विकास संस्था अन्तर गतको ई फोर ई कार्यक्रम माफत पुस्तक हस्तान्त्रण वताईन ।

कार्यक्रमको सभापतित्व गरेका कोहलपुर ज्ञानोदय सामुदायिक पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले सवै क्षेत्रसंग सहकार्य गरेर पुस्तकालय अगाडि वढ्न तयार रहेको वताए । पुस्तकालयलाई पुस्तक हस्तान्तण गर्ने दुवै संस्था प्रति आभार व्यक्त गरे । कार्यक्रम संचालन ज्ञानोदय सामुदायिक पुस्तकालयका सचिव शुशिल सापकोटाले गरेका थिए भने कार्यक्रमा स्वागत मन्तव्य कार्यसमिति सदस्य प्रताव शर्माले गरेका थिए ।

४ बैशाख २०७८ मा प्रकाशित
Nabintech