‘गुरुजीले स्पीडमा बस चलाएका थिए’

कोहलपुरमा शुक्रवार भएको सवारी दुघर्टना


पिपलबाेट संवाददाता


कोहलपुर/बाँकेको कोहलपुरमा बस दुर्घटना हुँदा पाँच जनाको निधन भएको छ भने ३६ जना भाईते भएका छन् । सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नंम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आएको अनटेस्ट मालबाहक टिप्पर शुक्रबार साँझ ६ बजे एक आपसमा ठोकिदा चार पुरुष सहित एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका वडा नम्बर १२ निवासी २१ वर्षका टिपरका सह–चालक उदय बाठा, कोहलपुर नगरपालिका वडा नम्बर ३ निवासी २५ वर्षका टिपर चालक खगेन्द्रबहादुर सुनार, बसमा सवार सुर्खेत साठाखानी–७ निवासी ४० वर्षका जीवनकुमार बिक, झापा मेची नगरपालिका–१० का ४५ वर्षका बस मालिक छत्रबहादुर कटुवाल र नाम ठेगाना नखुलेको अन्दाजी ३१ वर्षकी महिला छन् । मृतक नेपाली सेनाका जमदार रहेको बुझिएको छ । बाँकी ३६ जना घाइतेको अहिले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छन् केहि घाईतेहरुको अवस्था गम्भिर रहेको छ । मोहत्तरी घर भएका रविशंकर ठाकुरका अनुसार बस चालकले गाडि तिव्रमा चलाएका कारण दुर्घटना भएको बताएकाछन् । ‘गुरु जीले स्पीडमा बस चलाउनु भएको थियो, चप्पगौडीमा नास्ता खाएर गाडिमा बसेदेखि गुरु जीले गाडिको स्पीड धेरै गर्नु भयो’ उनले भने ‘कसरी दुर्घटना भयो त्यो थाहा छैन्, एकैचोटी सडकमा कसैले ल्याएको बेला थाहापाए ।’ अर्का घाईते सुर्खेत बढाताल–५ का बिशाल कार्कीका अनुसार गाडिको डाईभरले अनियन्त्रीत हुने गरी गुढाएका कारण दुर्घटना भएको हो । ‘पूर्व तिर कामका लागि जान लागेको थिए’ उनले भने ‘भगवानले अर्को जन्म दिए, धन्न बाँचे ।’ घाईते यात्रुका अनुसार चप्पगौडिदेखि दुई किलोमिटर पूर्व सम्म बस चालकले तिब्र गतिमा बस कुदाएका कारण विपरित दिशाबाट आईरहेको टिप्परसँग ठोकिन्न पुगेको हो । शुक्रबार बेलुका कोहलपुरमा भएको सवारी दुर्घटनाका सबै मृतकको सनाखत भएको छ । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको हो । सनाखत हुनेहरुमा टिप्पर चालक कोहलपुर नगरपालिका वडा नं। ३ बस्ने २५ वर्षिय खगेन्द्र बहादुर सुनार, सहचालक कोहलपुर १२ बस्ने २१ वर्षिय उदय बाँठा, बसका साहु मेचीनगर नगरपालिका झापाका ४५ वर्षिय छत्र बहादुर कटुवाल, सोही बसमा रहेका सुर्खेत साटाखानी(७ का ४१ वर्षीय जीवन कुमार विक र सिराह जिल्ला सुखिपुर गाउपालिका वर्ड नं। ५ कि अम्बिका कान्ति रहेका छन । सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको टिपर शुक्रबार साँझ ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार दुर्घटनामा ३८ जना घाइते भएका छन् । घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर रहेपछि उनिहरु खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

४ बैशाख २०७८ मा प्रकाशित
Nabintech