कोहलपुर उद्योग वाणिज्य संघद्धारा प्रमुख जिल्ला अधिकारी गेलाललाई स्वागत

पिपलबाेट संवाददाता


कोहलपुर/बाँकेमा केही अगाडी सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल लाई कोहलपुर उद्योग वाणिज्य संघले शुक्रवार स्वागत तथा कार्यक्रम गरेको छ । शुक्रवार आयोजित सम्मान कार्यक्रममा बोल्दै कोहलपुरका व्यापारी मोहन चापागाईले कोहलपुर क्षेत्रका व्यापारीहरु हरेक समयमा मर्कामा परेको र सिमानाका चेकजाँच फितलोका कारण भन्सार छली गरि आउने विभिन्न सामग्रीहरुले कोहलपुर क्षेत्रका व्यापारीहरुका समस्या राज्यले नसुनिदिएको बताए । त्यस्तै कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं.११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले बाँकेको शान्ति सुरक्षा संगै अवैद्य कारोवारोमा प्रमुख जिल्ला अधिकारीले विशेष चासो राखिदिन आग्रह गरे । साथै अध्यक्ष थापाले गल्ती गर्ने जोकोही भएपनी छुट नदिन समेत अनुरोध गरेका थिए ।

स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल ले कोरोना भाइरसको चुनौती संगै बाँकेमा थुप्रै समस्याहरु देखिएकाले कानुन अनुसार आफ्ना काम कारवाही बढाउने प्रतिवद्धता जनाएका थिए । साथै गतल क्रियाकलापमा संलग्न रहेका जोकोही लाई आफुले नछोडने प्रमुख जिल्ला अधिकारी गेलालले बताएका हुन । स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै बक्ताहरुले बाँके जिल्लाको शान्ति सुरक्षा र दोश्रो चरणको कोरोना भाइरस रोकथामका लागि सरकारको तर्फबाट गर्नपर्ने कामकारवाहीहरु तिव्र रुपमा अगाडी बढाउन अनुरोध गरेका थिए । स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले कोहलपुर क्षेत्रका उद्योगी व्यवसायीहरु कोरोना कहरबाट मर्कामा परिरहेका र कोहलपुर उद्योग वाणिज्य संघले गर्नुपर्ने हरेक दायित्व र जिम्मेवारी पुरा गर्दै अगाडी बढिरहेको बताए । उक्त स्वागत तथा सम्मान कार्यक्रममा बाँकेको नरैनापुर गाँउपालिका वडा नं. ४ मा अग्नी पिडितलाई राहत सहयोग गर्ने सहयोगी दातालाई संघले सम्मान समेत गरेको छ भने उक्त कार्यक्रमलाई संघका महासचिव मात्रृका सापकोटाले सहजिकरण गरेका थिए भने संघका वरिष्ठ उपाध्यक्ष प्रदिप भट्राईले स्वागत मन्तव्य राखेका थिए ।

४ बैशाख २०७८ मा प्रकाशित
Nabintech