मगर संघद्धारा रक्तदान कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


कोहलपुर÷विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ । रगतको यो अभावलाई केहि हद सम्म कम गर्ने उद्देश्यले शुक्रवार नयाँ वर्षको अवसर पारेर नेपाल मगर संघले कोहलपुरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।संघले कोहलपुर नगरपालिका वडा नं.१२ स्थित युवा एकता क्लवको भवनमा गरिएको रक्तदान कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको छ । रगतको अभाव हुन नदिन मगर संघले नयाँ वर्षको शुरुवातमै रक्तदान कार्यक्रम संचालन गरिएको नेपाल मगर संघ कोहलपुर नगर कार्य समितीका अध्यक्ष कृष्ण बहादुर पुनमगरले बताए । रक्तदान कार्यक्रममा मगर संघमा आवद्ध व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो । नेपाल मगर संघ कोहलपुर नगरकार्यसमितीले सामाजिक क्षेत्रमा समेत आफ्नो महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ ।

४ बैशाख २०७८ मा प्रकाशित
Nabintech