सुवेदी कल्याण प्रतिष्ठानको पाँचौ साधारण सभा सम्पन्न

अध्यक्षमा यज्ञ प्रसाद सुबेदी


पिपलबाेट संवाददाता


कोहलपुरमा शनिवार भएको सुबेदी कल्याण प्रतिष्ठान बाँकेको पाचौँ साधारण सभा सम्पन्न भएको छ । पाँचौँ साधारण सभाबाट अध्यक्षमा यज्ञ प्रसाद सुवेदी अध्यक्षमा सर्वसहमत रुपमा निर्वाचित भएका हुन । त्यस्तै उपाध्यक्षमा हरि प्रसाद सुबेदी, सचिवमा मोतीप्रसाद सुबेदी, कोषाध्यक्षमा रमण सुबेदी सर्वसहमत निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा बिरेन्द्र सुबेदी,यादब सुबेदी,कल्पना सुबेदी,पार्वती सुबेदी,चिरन्जीवी सुबेदी, पवित्रा सुबेदी ,लोकप्रसाद सुबेदी चयन भएका हुन । सुबेदी कल्याण प्रतिष्ठान बाँकेको पाँचौ साधारण सभामा निर्वाचित अध्यक्ष यज्ञ प्रसाद सुबेदीले बोल्दैआगामी दिनमा प्रतिष्ठानले सामाजिक कार्यहरुमा अग्रसरता देखाउदैँ बाँकेमा रहेका सुबेदीहरुको डाटा संकलन र कुल मन्दिर निर्माणका लागि विशेष कदम चाल्ने बताएका छन् । करिब २ सय ५० भन्दा बढि सदस्य रहेको उक्त प्रतिष्ठानले यस भन्दा पहिला पनी सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ भने आफ्नो सुबेदी थरका भाइबन्धुहरुलाई गोलबन्ध बनाउदै एकताको सन्देश दिदै अगाडी बढेको छ । बाँके जिल्लामा २०४४ सालदेखी नै सुबेदी कल्याण प्रतिष्ठानको स्थापना भएको र केही समयपछी मात्र
आधिकारिक रुपमा दर्ता गरि विभिन्न क्रियाकलापहरु संचालन गरिएको प्रतिष्ठानका उपाध्यक्ष हरि प्रसाद सुबेदी बताउँछन् । उक्त प्रतिष्ठानको पाँचौ साधारण सभामा कोहलपुर उद्योग वाणिज्य संघबाट निर्वाचित अर्जुन प्रसाद सुबेदी यज्ञ प्रसाद सुबेदी, संगिता सुवेदी,नेपाल पत्रकार महासंघबाट निर्वाचित सरला सुबेदीलाई प्रतिष्ठानले सम्मान गरेको थियो ।

४ बैशाख २०७८ मा प्रकाशित
Nabintech