ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गयो माधव नेपाल समूह

पिपलबाेट संवाददाता


नेकपा एमालेको माधवकुमार नेपाल समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गएको छ ।अध्यक्ष ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसला विपरीत निर्णय गरेको भन्दै आइतबार नेताहरु बेदुराम भुसाल र राजेन्द्र पाण्डे निर्वाचन आयोग पुगेका थिए ।अध्यक्ष ओलीले आफ्नो समूहका नेताहरुलाई मात्र राखेर २८ फागुनमा गरेको निर्णय अवैध भएको भन्दै नेपाल समूह यसअघि पनि आयोगमा गएको थियो ।

५ बैशाख २०७८ मा प्रकाशित
Nabintech