कहाँ सेलायो कोहलपुरमा बजार अनुगमन

उपभोक्ता भन्छन् ‘बजार अनुगमन नहुँदा कतिपय व्यापारीहरुले आफ्नो मनमर्जीले कालोबजारी गरिरहेका छन् ’


पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाले बजार अगुगमनको कार्यलाई तीव्र पारेको दावि गरेपनी उपभोक्ताले कोहलपुर क्षेत्रमा व्यापारीहरुले विभिन्न संकटको समयमा मौका छोपी बिचौलियाहरू सल्बलाएका कारण त्यसको प्रत्यक्ष मार उपभोक्ताहरूले बेहोर्दै आएका छन् । महंगी र कालोबजारी नियन्त्रण गर्न भन्दै पछिल्लो समय कोहलपुर क्षेत्रमा होटेल, स्वास्थ्य संस्था तथा किराना पसल, हाडवर्यर पसल लगायतका स्थानहरुमा अनुगमनको कार्य सुस्ताएको छ ।

केही दिन यता पेट्रोलियम पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइएको छ । अहिले कोहलपुर क्षेत्रमा पेट्रोलियम पदार्थको कालोबजारी मौलाइरहेको छ । पेट्रोलियम पदार्थ सम्वन्धीत आयल निगमहरुमा नभएपछि उपभोक्ताहरुले कम्मेटिक पसल , खुद्धा पसलबाट प्रति लिटर १ सय ५० भन्दा बढी महंगो मुल्य तिर्न उपभोक्ताहरु बाध्य भएका छन् । कोहलपुर नगरपालिका र सम्बन्धीत निकायले समय समयमा बजार अनुगमन गर्ने कार्य समिती बनाएतापनी आफ्नो अनुकुलतामा बजार अनगमन गर्ने प्रचलन कोहलपुरमा रहेको छ । गुणस्तर तथा नापतौल विभाग बाँके, वाणिज्य विभागलगायतले बजार अनुगमन पनी शुन्य जस्तै देखिएको छ । बजार अनगमनका लागि बनाइएको कार्यसमितिले नगरपालिकाले अनगमनका लागि भत्ता समेत उपलब्ध गराउदै आएको छ । तर कोहलपुर नगरपालिकाका कर्मचारी र अनुगमन समितीले बजार अनुगमनलाई प्रभावकारी बनाउन भने सकेको छैन् ।
मौसमी अनुगमनले कुनै परिवर्तन ल्याउन नसक्ने र व्यापारीले आफ्नो मनपरी रुपले हरेक सामानमा आफनो मनपरी रुपमा मुल्य वृद्धि गर्ने प्रचलन कोहलपुरचलिरहेको उपभोक्ता कोहलपुर नगरपालिका वडा नं.२ राजेन्द्र हमालले बताए । स्थानीय प्रशासनले उपभोक्ताको हितमा भन्दा पनि मन्त्रालय र विभागको नियमित कामकाजको रिपोर्ट बनाउन मात्रै अनुगमन गर्ने गरेको उपभोक्ताले आरोप लगाए । अनुगमनका नाउँमा अधिकांश पसलमा काजगपत्र मात्रै चेकजाँच गर्ने गरेको स्वयं व्यापारी बताउँछन् । ‘नियमित रूपमा प्रभावकारी अनुगमन हुने हो भने धेरै कुराहरूमा सुधार आउँछ तर यहाँ त कसैलाई देखाउनका लागि मात्रै अनुगमन हुन्छ ।’
स्थानिय सरकारले उपभोक्ता ठग्ने व्यापारीलाई पहुँचका भरमा कारबाही नगरी उन्मुक्ति दिने खालका क्रियाकलापहरुले अनुगमन प्रभावकारी बन्न नसकेको हो । बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, सम्बन्धित स्थानीय तह, उद्योग वाणिज्य संघले अहिले पनि खुद्रा पसलमा पेय तथा खाद्य पदार्थको म्याद नाघेको, मूल्यसूची नराखेको, व्यवसाय दर्ता प्रमाणपत्र लगायतका विषयमा बजार अनुगमन गर्नुपर्ने हो तर समय समयमा हुने बजार अनुगमन औपचारिकता निभाउने खालको कामले कालोबजारी गर्ने व्यापारीहरु थप उर्जा दिइरहेको छ । अहिले पनी कोहलपुर क्षेत्रमा कतिपय पसलहरु दर्ता नभएको पाइन्छ । तर त्यस विषयमा सम्वन्धीत निकायले चासो दिन सकेको छैन । पछिल्लो समयमा कोरोना भाइरसका कारण देखाउदै व्यापारीहरुले हरेक सामानमा आफ्नो मनमर्जीले मुल्य वृद्धि गराउने कर छलि गर्ने जस्ता क्रियाकलापमा अछुतो रहन सकेनन् ।

६ बैशाख २०७८ मा प्रकाशित
Nabintech