नेविसंघद्धारा बागेश्वरी क्याम्पसमा ज्ञापन पत्र

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसमा विद्यार्थीहरुले दैनिक रुपमा भोग्दै आएका समस्याहरु समाधान गर्नका लागि नेविसंघद्धारा क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाईएको छ । नेपाल विद्यार्थी संघ बागेश्वरी क्याम्पस इकाई कार्य समितिले क्याम्पसमा अध्ययरनत विद्यार्थीहरुले दैनिक रुपमा भोग्दै आएका समस्याहरुलाई समाधान गर्नका लागि विभिन्न माग सहित क्याम्पस प्रमुख शिशिर कुमार शर्मालाई ज्ञापन पत्र बुझाएको छ । नेविसंघ इकाई सभापति राम प्रसाद पाण्डेले क्याम्पसमा रहेका शौचालयहरु अव्यवस्थित र दुर्घन्धित भएको हुँदा यसलाई व्यवस्थित गर्नुपर्ने, पुस्तकालयमा प्रयाप्त मात्रमा पुस्तक नभएको साथै क्याम्पसमा स्नातकोत्तर कक्षा साँझ तिर संचालन भएको हुँदा उक्त समयमा नियमित पुस्तकालय र प्रशासन अनिवार्य खुल्ला राख्नुपर्ने माग सहित ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यस्तै प्रवेश परिक्षाका नाममा पढ्न इच्छुक विद्यार्थी सोही अधिकारबाट बन्चित भएकाले भर्ना हुन आउने सम्पूर्ण विद्यार्थीलाई बिना अवरुद्ध भर्ना हुने वातावरण सृजना गर्नुपर्ने, नियमित कक्षा संचालन हुुनपर्ने, लामो समयदेखि टाइको अभाव देखिएकोले तत्काल टाइको व्यवस्थापन गर्नुपर्ने माग सहित क्याम्पस प्रमुख शर्मालाई ज्ञापन पत्र बुझाईएको सभापति पाण्डेले बताएका छन् । साथै आफ्ना मागहरु २४ घण्टा भित्र सम्बोधन नगरिएमा कडा संघर्षमा उत्रन बाध्य हुने चेतवानी सभापति पाण्डेयले दिईएको छ ।

६ बैशाख २०७८ मा प्रकाशित
Nabintech