बाँकेमा एक हफ्ताको लागि लकडाउन

पिपलबाेट संवाददाता


बाँकेको नेपालगञ्जमा बुधबार मध्यरातिबाट लकडाउन जारी गरिएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन लगाउने निर्णय गरिएको हो। कोरोना संक्रमणको फैलावट तोड्न र कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन गर्नु परेको जिप्र का बाँके जनाएको छ । लकडाउनमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तिय संस्था समेत) सञ्चालनमा रोक लगाइएको छ। अत्यावश्यक काम बाहेकको हिँड्डुलमा समेत निषेध गरिएको छ। बाँकेमा बुधबार बिहानसम्म सक्रिय संक्रमित ७३५ पुगेको छ भने अस्पतालहरु बिरामीले भरिएका छन् ।

८ बैशाख २०७८ मा प्रकाशित
Nabintech