माँ बागेश्वरी मेटल एण्ड प्लाष्टिक ईण्डष्ट्रिज प्रा.लि.को सेवा सुचारु

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिका वडा नं. ९मा माँ बागेश्वरी मेटल एण्ड प्लाष्टिक ईण्डष्ट्रिज प्रा.लि.को उद्घाटन गरिएको छ । सो प्रा.लि.को उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चक्र बहादुर अधिकारीले ग्राहकको आवश्यकता अनुसार सेवा उपलब्ध गराउनुपर्ने बताएका छन् । साथै उनले कोरोना भाईरसका कारण नीजि क्षेत्रमा परेको नकरात्मक असर कम गर्नका लागि राज्यले विशेष नीति लिनुपर्ने बताएका छन् । माँ बागेश्वरी मेटल एण्ड प्लाष्टिक ईण्डष्ट्रिज प्रा.लि.का अध्यक्ष लक्ष्मणराज पौडेलले सात करोड लागतमा प्रालिको स्थापना गरिएको जानकारी दिँदै दाङदेखि पश्चिम नेपालमा आफ्नो सेवा विस्तार गरिने बताएका छन् । साथै उनले ग्राहकको माग अनुसार सेवा उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ठाकुर प्रसाद थारुले नीजि क्षेत्रको विकास र समृद्धिका लागि स्थानिय सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जाउँदै माँ बागेश्वरी मेटल एण्ड प्लाष्टिक ईण्डष्ट्रिज प्रा.लि.ले सेवाग्राहीको माग अनुसारको सेवा दिनुपर्ने बताएका छन् । कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य नारायण प्रसाद गौडेलले नेपाली काँग्रेसले नीजि क्षेत्रको लगानीमा निर्माण भएका उद्योग कलकारखाको संरक्षण गर्नका लागि विशेष नीति लिईरहेको जानकारी दिँदै नीजि क्षेत्रबाट लगानि गरिएका उद्योगहरुको विकासका लागि लगानी मैत्री वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारी, सदस्य लगायतको सहभागिता रहेको थियो ।

८ बैशाख २०७८ मा प्रकाशित
Nabintech