बाँकेको कोहलपुर नगरपालिकामा थप एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । कोरोना भाईरस महामारीको दोस्रो चरणको संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै कोहलपुर नगरपालिकाले थप एक हप्ता विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको छ । कोहलपुर नगरपालिका अन्तर्गतको वातावरण तथा विपद् व्यवस्थापन शाखाले आयोजना गरेको सर्वपक्षिय तथा सर्वदलिय बैठकले कोहलपुर नगरपालिका कोरोनाको उच्च जोखिममा रहेकोले तत्काल विद्यालय संञ्चादन गर्न नहुने सबैको सुझावका आधारमा कोहलपुर नगरपालिका भित्र थप एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरिएको वातावरण तथा विपद् व्यवस्थापन ईकाइ प्रमुख पुरुषोतम पोख्रेलले बताएका छन् । साथै उनले सो बैठकले एकहप्ता विद्यालय बन्दपछि तत्काल विद्यालय तहको वार्षिक परिक्षण संचालन गर्न सुझाव आएको भन्दै कोहलपुर नगरपालिकाले सोहि अनुसारको योजना बनाएको समेत बताएका छन् । सबै सो बैठकले कोहलपुर क्षेत्रमा रहेका व्यवसायीहरुले नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको नियम भित्र रही व्यवसाय सञ्चालन गर्नका लागि आग्रह समेत गरेका छन् । व्यवसायीहरुलाई व्यापार गर्न सहजिकरढण गर्नका लागि कोहलपुर उद्योग वाणिज्य संघलाई जिम्मेवारी दिईएको छ । साथै व्यवसायीहरुले सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क नलाएका ग्राहकहरुलाई आफ्नो पसलमा प्रवेश गर्न नदिने लगायतका विषयमा वाणिज्य संघले पहल गर्नुपर्ने बैठकमा सुझाव आएको थियो । यसका साथै कोहलपुर नगरपालिका भित्र कोरोना भाईरसको संक्रमणलाई नियन्त्रण गर्नका लागि सामाजिक दुरी कायम गर्नुपर्ने, अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ । पछिल्लो समय कोहलपुर नगरपालिका भित्र पनि सक्रिय संक्रमितहरुको संख्या एक सय ५० भन्दा बढि नै रहेको छ ।