कोहलपुर नगरपालिकाको चरम लापरवाही दिउँसै बल्न थाले हाईमास्ट बत्ती

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिका बजार क्षेत्र भित्र जडान भएका हाइमास्र्ट बत्तिहरु दिउँसै बल्न थालेका छन् । केहीदिन देखी निरन्तर रुपमा दिउँसोको समयमा बत्तिहरु निरन्तर बलिरहेका हुन । रातको समयमा सवारी साधन र पैदन यात्रुहरुका लागि सहज हुने उदेश्यले जडान भएका हाइमास्र्ट बत्तीहरु दिउँसाको समयमा बलिरहदा विद्युतको महशुल उत्तिकै बढेका होला । कोहलपुर नगरपालिकाका र सम्वन्धी निकायको यस तर्फ ध्यान भने देखिएको छैन । कोहलपुर नगरपालिका वडा नं.११ वडा नं.३ वडा नं.९ वडा नं.१४ लगायतका ठाँउहरुका हाइमास्र्ट बत्तिहरु जडान भएका छन् । सरकारी सम्पती करोडौँ रकममा निर्माण तथा जडान हुने तर सम्वन्धीत निकायले संरक्षण गर्न नसक्दा बनिरहेको पूर्वाधारहरु जनप्रतिनिधीहरुको कार्यकाल समाप्त नहुँदै जिर्ण बन्ने देखिन्छ । यता रातको समयमा बलिरहेका हाइमास्र्टको बत्तिको महशुल बढि आउँदा कोहलपुर नगरपालिका चिन्ताको विषय बनाइदिएको छ । कोहलपुर नगर क्षेत्रलाई उज्यालो शहरका रुपमा विकसित गर्न कोहलपुर नगरपालिकाले हाइमास्ट लाइट (उच्च क्षमतायुक्त) जडान गरेको हो । विभिन्न दातृ निकायको दुई करोड सहयोगमा हाइमास्ट जडान गरिएको थियो । शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईको पहलमा उज्यालो अभियानलाई सफल बनाउन ‘हाइमास्ट लाइट’ जडान गरिएको थियो ।

१० बैशाख २०७८ मा प्रकाशित
Nabintech