यूवासंघ बैजनाथका अध्यक्ष विष्टले बिरामीको ज्यान बचाए

पिपलबाेट संवाददाता


नेकपा एमाले निकट यूवा संघ नेपाल बैजनाथका अध्यक्ष प्रेम विष्टले एक जना बिरामीलाई रगत दिएर ज्यान बचाएका छन् । कोहलपुर दशविगाहमा बैशाख ७ गते ना ७ ख ९३३४ को ट्रकले स्कुटरलाई ठक्कर दिँएपछि घाईते भएकी कोहलपुर–५ की छवि सिजाली मगर घाईते भएकी थिईन् । घाईते सिजाली मगरको उपचारका लागि आवश्यक पर्ने रगतको अभाव भएपछि विष्टले रगत उपलब्ध गराई ज्यान बचाएका छन् । उपचारका क्रममा उनलाई रगत अभाव भएको थाहा पाउँन साथ नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगिएर रक्तदान गरेको विष्टले बताएका छन् । राजनीतिसँगै सामाजिक क्षेत्रमा अग्रसर विष्टले रगत उपलब्ध गराएपनि उपचार गराईरहेकी सिजालीको स्वास्थ्य अवस्था सुधार हुँदै गईरहेको उनका आफ्न्त अनुपमा रेग्मीले जानकारी दिएकी छिन् ।

१० बैशाख २०७८ मा प्रकाशित
Nabintech