२४ करोडको लगानिमा होटल ट्रिटप हावन निर्माण हुदै

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकामा विकासको गति संगै होटलहरुको विकास पनि तिव्र गतिमा भैरहेको छ ।


कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोडमा करिव २४ करोड लगानिमा होटल ट्रिटप हावन विधिवत तरिकाले निर्माणको काम थालनि भएको छ । होटलका संचालक निम बहादुर चलाउनेले विधिबद रुपमा सिलन्यास गरेका छन् ।


पश्चिम नेपालको पर्यटन प्रर्वधनको लागी सहयोग पु¥याउने उद्देश्यले आफुले सुविधा सम्पन होटल स्थापना गर्ने लागेको संचालक चलाउनेले वताए । स्थापना हुन लागेको होटल सात तल्लाको हुने सात तल्लामा सेमिनार हल २९ वटा कोठा जसमध्ये २१ वटा बालकुनि सहितको सुपर डिलक्स रुम ,१वटा सुईट रुम ,८वटा डिलक्स रुम रहने छन् भने होटलमा र्पाकिङ, जिम , र सुईमिङ समेतको व्यवस्था रहने संचालक चलाउनेले वताए । होटलमा पुरै लिप्टको समेत व्यवस्था रहने छ ।

 

११ बैशाख २०७८ मा प्रकाशित
Nabintech