कोरोनाबाट बाँकेमा ९० जनाको मृत्यु

पिपलबाेट संवाददाता


बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९० पुगेको छ । कोहलपुर नगरपालिका-२ की ५० वर्षीया महिलाको आज अपरान्ह मृत्यु भएसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९० पुगेको हो ।

आजमात्रै बाँकेमा पाँचजनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि उनी आइतवार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी थिइन् । उनको आइतवारै रिपोर्ट पोजेटिभ आएको थियो ।

उपचारका क्रममा उनको अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

१४ बैशाख २०७८ मा प्रकाशित
Nabintech