कोहलपुर नगर स्वास्थ्यले स्थानिहरुको स्वाब संकलन सुरु

पिपलबाेट संवाददाता


कोहलपुर नगर स्वास्थ्यले कोहलपुर बासीहरुको शुक्रबार श्वाव कलेक्सन गरेको छ ।
शुक्रबार कोहलपुर नगरपालिकाको सभा हलमा ६१ जना स्थानिय बासीहरुको स्वाव कलेक्सन गरेर भेरी अस्पतालमा पठाउने काम गरिएको कोहलपुर नगर निमित स्वास्थ्य प्रमुख अनिल सिंह ठकुरीले जानकारी गराए ।


स्वाव शनिबार बेलुका ५बज्ये पनि संकलन गर्ने र शनिबार दिन भरी नाम टिप्ने र बेलुका स्वाव लिने ठकुरीले जानकारी गराए । सवै स्वाव दिन आयका स्थानियहरुमा सामान्य स्वास्थ्य समस्या रहेको देखिएको ठकुरीले वताए ।कोहलपुर नगरपालिकाले स्थापना गरिएको संस्थागत आईसोलेसन शनिबार देखि संचालनमा ल्याउने समेत ठकुरीले वताए ।


कोहलपुर वडा नं. ८ कृषि तालिम केन्द्रमा स्थापना गरिएको संस्थागत आसुलेसनमा ५० जना विरामी राख्न सकिने क्षमता रहेको छ । आईसोलेसनमा २४ घण्टानै डाक्टर सहित स्वास्थ्य कर्मी रहने व्यवस्था मिलाईएको छ । नगरपालिकाले कोहलपुर वडा नं. २मा रहेको कोरोना अस्पतालमा १६ जना कोरोना पोजेटिभ भएकाहरुलाई राखिएको ठकुरीले वताए ।

 

१७ बैशाख २०७८ मा प्रकाशित
Nabintech