विश्व भरी फैलिएको कोरोना भाईरसका कारण बाँके जिल्ला आक्रान्त भएको छ यसलाई मध्य नजर गरेको कोहलपुर उद्योग बाणिज्य संघले व्यापारीहरुको स्वास्थ्यलाई मध्यनजर गरेर पसलहरुमा सामाजिक दुरी कायम गरेर मार्क गर्ने काम शुरु गरेको छ ।
कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलले कोहलपुर क्षेत्रमा रहेकाका दैनिक उपभोग्य बस्तुका पसल, औषधी पसल संचालकको स्वास्थ्यलाई ध्यानमा राख्यर सामाजिक दुरीको लागी पसलमा मार्क गरेको वताए । कोहलपुर क्षेत्र अहिले संवेदनसील अवस्थामा रहेकोले सवै उद्योगी व्यापारीहरुलाई स्वास्थ्य मापदण्ड पुरा गरेरमात्र व्यापार व्यवसाय संचालन गर्ने पौडेलले आग्रह गरे
कोहलपुर क्षेत्रमा कुनैपनि व्यापार व्यावसायले अहिलेको यो संवेदन सिल अवस्थामा ग्राहक वर्ग संग धेरै पैसा लाग्ने, समान लुकाएर कालो वजार गर्ने गरेमा आफुहरुले कार्वाह गर्ने कोहलपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रदिप भट्टराईले वताए । यस्तो हुन नदिन आफुहरु दैनिक रुपमा निग्रानि गरिरहेको भट्टराईले वताए । सामाजिक दुरी कायम गरेर मार्क गर्ने काममा कोहलपुर उद्योग बाणिज्य संघ ,ईलाका प्रहरी कार्यालयको सहयोगमा संचालन गरिएको कोहलपुर उद्योग बाणिज्य संघका महासचिव मात्रिका सापकोटाले वताए । यो कार्यसवै क्षेत्रमा गरिने समेत जानकारी गराए ।