तीन बालकको शव भेटिएको घटनाको अनुसन्धान प्रहरीको विशेष टोलीले सुरु गरेको छ ।
नेपालगञ्जबाट आएको कुकुरसहितको प्रहरीको विशेष टोली घटनाको अनुसन्धान सुरु गरेको दाङका एसपी गणेश चन्दले बताए । ‘विशेष टोली आईपुगेपछि मात्रै शवहरु हेरिएको छ ।
शवलाई पोष्टमार्टमको लागि अस्पताल पु¥याइएको छ’ उनले भने, ‘घटनाको सबै पक्षको अनुसन्धानपछि विस्तृत कुराहरु बाहिर ल्याउने छौँ ।’
तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजार नजिक भारतीय नम्बर प्लेटको कारमा तीनवटा शव फेला परेको थियो । पार्किङ्ग गरिएको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निशानको कार भित्र तीन बालकको शव भेटिएको हो ।
शवको सनाखद गरेर प्रहरीले नाम, ठेगाना सार्वजनिक गरेको छैन । तर, आफन्तका अनुसार कार भित्र भेटिएका शव वैशाख १६ गते हराइरहेका तीन बालकको रहेको छ ।
तुलसीपुर–६ गाईडरका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ वर्षीय छोरा (रकरण परियार रहेको आफन्तले बताएका छन् । सुवर्ण र किरण दाजुभाइका छोरा हुन ।