मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

पिपलबाेट संवाददाता


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामापत्र बुझाएका हुन् ।

नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको उनका प्रेस सहयाेगी शेरबहादुर केसीले जानकारी दिए ।

उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्ताव आज प्रदेशसभाको विशेष अधिवेशनमा पेस हुँदै थियो ।

१९ बैशाख २०७८ मा प्रकाशित
Nabintech